नेप्सेको वेबसाइटमा समस्या

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्सेको वेबसाइटमा समस्या देखिएको छ । बुधवार बिहानदेखि नेप्सेको वेबसाइट खुल्नमा समस्या आइरहेको छ । सिस्टममा लोड भएर नखुलेको हुनसक्ने अनुमान गरिएको नेप्सेका प्रवक्ता मुरारी पराजुलीले बताए । उनले भने, ‘सबैतिर समस्या आएको होइन । ठाउँ अनुसार चल्ने बन्द हुने भइरहेको जानकारी आइरहेको छ । प्राविधिक टिमले हेर्दैछन् के भएको […]

सम्बन्धित सामग्री

नेप्सेमा समस्या, लगानीकर्ताले शेयर खरिद बिक्रि गर्न पाएनन्

नेपाल स्टक एक्सचेन्ज नेप्सेको कारोबार ब्यबस्थापन प्रणाली टिएमएसमा समस्या देखिएको छ । ४ दिनपछि आज मंगलबार बजार खुले पनि प्रणालीमा समस्या आएपछि लगानीकर्ताले कारोबार गर्न पाएका छन् । आज प्रि ओपन सेसनमा पनि लगानीकर्ताले कारोबार गर्न पाएनन् । टिएमएस खुले पनि अर्डर राख्न भने मिलेको छैन । साथै टिएमएसमा हरेक कम्पनीको शेयरको अधिकतम मूल्य ११० रुपैयाँ देखिएको छ । नेप्सेको वेबसाइटमा गत बिहिबार कै डाटा देखीरहेको छ । अपडेट: समस्या समाधान भएर ११ बजेट १३ मिनेट देखि कारोबार सुचारु भएको छ  ।

ब्रोकर डाटा सेन्टरको समस्या समाधान भएन, आज शेयर कारोबार नहुने

काठमाण्डाै – ब्रोकर डाटा सेन्टरमा देखिएको समस्या समाधान नभएपछि आज साेमवारका लागि शेयर कारोबार बन्द भएको छ ।  डाटा सेन्टरको समस्याका कारण दिउँसो १२ बजेर ५३ मिनेटदेखि शेयर कारोबार रोकिएकोमा समस्या समाधान गरेर बेलुका भए पनि बजार खोल्ने नेप्सेको तयारी थियो । तर डाटा सेन्टरमा देखिएको समस्या पत्ता नलागेकाले आजका लागि कारोबार बन्द गरिएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । समस्या समाधानमा समय लाग्ने भएकाले आजका लागि कारोबार बन्द गरिएको नेप्सेले जनाएको छ ।  कारोबार रोकिनुअघि नेप्से शून्य दशमलव ...

नेप्सेको डाटा सेन्टरमा समस्या : शेयर कारोबार रोक्का

फागुन ३०, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले ब्रोकर डाटा सेन्टरमा समस्या देखिएपछि कारोबार रोक्का भएको बताएको छ । नेप्सेले ब्रोकरको डाटा सेन्टरमा प्राविधिक समस्या देखाएपछि कारोबार स्थगित भएको जानकारी दिएको छ । डाटा सेन्टरमा देखिएको समस्या समधान भएपछि पुन : कारोबार शुरु हुने नेप्सेले जानकारी गराएको छ ।

नेप्सेको वेभसाइट दुई दिन बन्द

काठमाडौं।नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को वेभसाइट दुई दिन बन्द हुने भएको छ।डाटा सेन्टर अपग्रेड गर्न भन्दै दुई दिन वेभसाइट बन्द हुने नेप्सेले जानकारी दिएको छ। खासगरी, पछिल्लो समय नेप्सेको वेभसाइटमा विभिन्न समस्या देखिँदै आएको छ। नेप्सेले हाल दुई वटा वेभसाइट चलाउँदै आएको छ। र, दुई वटै वेभसाइटमा नेप्से परिसूचकको तथ्यांक फरक/फरक देखिने तथा वेभसाइट नै नखुल्ने जस्ता समस्या देखिँदै आएको छ।

नेप्सेको कारोबार प्रणालीमा फेरि समस्या

बुधबार नेप्सेको कारोबार प्रणालीमा फेरि समस्या देखिएको छ । कहिले अर्डर गरेको कारोबार नदेखाउने त कहिले धेरै देखाउने समस्या आएको हो । प्रणालीमा समस्याका कारण लगानीकर्ताले एक घण्टा कारोबार गर्न पाएनन् ।

नेप्सेको टीएमएसमा समस्या, निफ्राको शेयरमूल्य शून्यमा

नेप्सेको अनलाइन प्रणाली (टीएमएस)मा समस्या देखिएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को शेयरमूल्यमा गडबड भएको छ । निफ्राको शेयरमूल्य एकाएक शून्यमा झरेको छ । शेयरमूल्य १० प्रतिशत घटेपछि सर्किट लाग्ने व्यवस्था भए पनि आज नेप्सेको सफट्वेयरमा समस्या आाँउदा मूल्य शून्यमा पुगेको हो

नेप्सेको अनलाइन कारोबार प्रणालीमा समस्या

२७ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेञ्जको अनलाइन कारोबार प्रणालीमा समस्या देखिएको छ । साताको तेस्रो कारोबार नेप्सेको वेवसाइट र टिएमएसको वेवसाइटमा कारोबार तथ्यांक नै फरक देखिएको छ । कारोबार प्रणालीमा समस्यादेखिए पछि ब्रोकर कम्पनीबाट ‘टिएमएस’ …

अनलाइन शुरु भएकै दिन नेप्सेको वेबसाइटमा समस्या

२० कात्तिक, काठमाडौं । नेपाल स्टक एक्सचेञ्जले आजबाट पूर्ण रुपमा अनलाइन कारोबार प्रणाली शुरु गरेकै दिन नेप्सेको वेभसाइटमा समस्या देखिएको छ । होटल याक एण्ड यतिमा आयोजित भव्य समारोहकाबीच अर्थमन्त्री डा. युवराज खतिवडाले अनलाइन कारोबारको उद्घाटन …