मधेस प्रदेशमा चैत २५ गतेदेखि टाइफाइडविरुद्धको खोप अभियान सञ्चालन हुने भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार टाइफाइडका कारण हुने गरेको मानवीय क्षति न्यून गर्न नेपाल सरकारले सञ्चालन गर्न लागेको टाइफाइडविरुद्धको खोप अभियान मधेस प्रदेशमा चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म सञ्चालन गरिने छ । स्वास्थ्य निर्देशनालयले सोमबार जनकपुरधाममा आयोजना गरेको प्रदेशस्तरीय पत्रकार अन्तक्र्रियामा उक्त खोप अभियानअन्तर्गत १५ महिनादेखि १५ वर्षका बालबालिकालाई खोप दिइने छ । स्वास्थ्य निर्देशनालयका निर्देशक