सर्लाही : सर्लाहीको सागरनाथ वन परियोजनामा करिब २० करोड मूल्यको काठ बिक्री नभएर थन्किँदा १४६ कर्मचारी करिब एक वर्षदेखि तलब नपाएर आन्दोलित छन्। सरकारले वन नियमावलीमार्फत गोलिया काठ मापन गर्ने नयाँ सूत्र (हुबर) लागू गरेपछि परियोजना क्षेत्रबाट उत्पादन भएको काठ बिक्री नभएको परियोजनाका निमित्त प्रमुख शिवेन्द्र चौधरीले बताए। उनकाअनुसार विगतका वर्षमा (क्वाटर गर्थ) सूत्रमार्फत काठ बिक्री गर्ने गरिए पनि हुबर सूत्रले हिसाब गर्दा काठको परिमाण धेरै निस्किने गरेको र नयाँ नियमावलीले राजस्व