तिहारका लागि तीन लाख फूलको माला ल्याइँदै

काठमाडौँ, असोज २७ - तिहारका लागि याे बर्ष पनि तीन लाख फूलको माला ल्याइँने भएकाे छ । गत वर्षको तिहारमा भन्दा यस वर्ष फूलको मूल्यमा १० प्...

सम्बन्धित सामग्री

तिहार

‘सप्तरंगी टिका! मखमली र सयपत्री फूलको माला! झिलिमिली झल्लर! देउसी र भैलो! तँलाई किन रमाइलो लाग्दैन्?’...

स्वदेशी फूलको माला प्रयोग गर्न आग्रह

मध्यबिन्दु– नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष व्यावसायिक फूलखेती गर्नेको सङ्ख्या उल्लेख्य रहेको छ । जिल्लामा यस वर्ष करिब सातदेखि आठ हेक्टर क्षेत्रफलमा सयपत्री फूलको खेती गरिएको कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कपिल तिवारीले जानकारी दिए ।   ‘लागत र बजार मूल्यका हिसाबले जिल्लामा उत्पादन हुने फूलको बजार मूल्य रु तीनदेखि चार करोडसम्मको रहेको छ’, उनले भने। […]

भारतीय सयपत्री फूलको माला आयातमा रोक

सरकारले भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको छ । तिहारका लागि स्वदेशी उत्पादनले आन्तरिक माग धान्न सक्ने भएकाले यसवर्ष भारतीय सयपत्री फूलको माला आयातमा रोक लगाएको हो ।

मतान्तर बराबर फूलको माला !

हेटौंडा । मकवानपुरको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा (एमाले)बाट निर्वाचित सांसद् महेशकुमार बर्तौलालाई इन्द्रसरोवर गाउ“पालिकाका मतदाताले मतान्तर बराबरको फूलको माला लगाएर स्वागत गरेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका बलिया उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय नेता विरोध खतिवडालाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गर्दै बर्तौैला प्रतिनिधिसभा सदस्य निर्वाचित हुनुभएको थियो । स्थानीय मतदाताले […]

सल्यानको मखमली फूलमाला क्यानडा निर्यात

सल्यान : बारी भरी ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिबेला सल्यानका गाउँघर सुन्दर बनेका छन्। गाउँका प्रत्येक टोलदेखि बारी भरी लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि गाउँ नै सुन्दर देखिएका छन्।नेपालमा प्लास्टिकका फूलले बजार ओगटिरहेका बेला सल्यानबाट भने पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ।शारदा नगरपालिका २ जोगिदेउ खोलामा सात रोपनी जग्गामा फूल खेती गरेका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएको बताए।क्यानडाबाट पाँचसय मखमली फूलको माला अर्डर भएअनुसार

मखमलीमय गुन्डु  : फूलको माला विदेशसम्म

मखमली फूलले ढपक्कै ढाकेको बारी । घरै पिच्छे माला उन्न भ्याइनभ्याइ छ । भक्तपुर सूर्यविनायकदेखि करिब ७ किलोमिटरको दूरीमा रहेको गुन्डु गाउँले गएको धेरै वर्ष अघिदेखि ‘मखमली’ परिचय बनाएको छ । तिहारमा भाइटीकाको बेला दिदीबहिनीले दाजुभाइलाई लगाइदिने मखमली फूलका धेरै माला यहीँ गुन्डुमा बन्छ । पहिले पहिले नेपालमा मात्र बिक्री हुने मखमली फूलको माला अहिले विदेशमा रहेका नेपालीहरुसम्म पुग्छ । त्यसैले गुण्डुका बासिन्दाको चटारो पहिलेभन्दा बढेको छ । यही चटारोमा हुनुहुन्छ, गुन्डुकी सञ्जु बिष्ट पनि । उहाँसहित अरु च...

नवनिर्वाचित मेयर कलवारलाई ५१ किलोको फूलको माला

रौतहटको गरुडा नगरपालिकामा मेयर पदमा निर्वाचित कन्थमनिप्रसाद कलवारलाई ५१ किलोको फूलको माला लगाइएको छ।...

सयपत्री फूलको माला

‘नियात्राका मेरा अगुवा पोषरमण चापागाईंले ‘लवाक कफी’ सित्तैमा लेखेको होइनन् रहेछन्। कफीको स्वाद भारी मूल्यको हुँदो रहेछ।’ कफी पिउँदै जाँदा कफीको मूल्य र कफी पिउनुको मजा बुझ्दै गएँ।...

तिहारमा मखमली फूलको माला १ सय रुपैयाँसम्म पर्ने

काठमाडौं । यस वर्षको तिहारमा मखमली फूलको मालाको खुद्रा मूल्य १ सय रुपैयाँसम्म पर्ने भएको छ । कोरोना महामारी र पछिल्लो समय परेकोे बेमौसमी वर्षात्ले फूलखेती प्रभावित भएको छ । यसले आन्तरिक उत्पादन घटेकाले मालाको मूल्य बढ्ने भएको हो । प्mलोरिकल्चर एशोसिएशन अफ नेपालका अनुसार मखमली फूलको १ मिटरसम्म लम्बाइको मालाको खुद्रा मूल्य गतवर्षको भन्दा २० रुपैयाँले बढेर १ सयसम्म पुग्ने अनुमान गरिएको छ । मालाको लम्बाइ अनुसार त्यसको मूल्य निर्धारण हुने गर्दछ । गतवर्ष मखमली पूmलको मालाको खुद्रा मूल्य ८० रुपैयाँ थियो । केही दिनअघि परेको पानीले फूलखेतीमा ३० देखि ३५ प्रतिशतसम्म क्षति पुगेको एशोसिएशनको प्रारम्भिक तथ्यांक छ । त्यसैगरी कोरोना महामारीका कारण करीब २२ प्रतिशत पुष्प व्यवसायी पलायन हुँदा समग्र फूलखेतीमा कमी आएकोे बताइएको छ । चितवन, रूपन्देही, नवलपरासी, दाङ, काठमाडौं, धादिङ, नुवाकोट, काभ्रेपलाञ्चोक लगायत जिल्लामा लगाइएको फूलखेतीमा वर्षात्ले धेरै क्षति पुर्‍याएको एशोसिएशनका महासचिव विश्वमणि पोखरेलले बताए । यद्यपि तिहारमा खपत हुने मखमली फूलको ८५ प्रतिशत माग आन्तरिक उत्पादनले धान्ने र बाँकी १५ प्रतिशत माग फूल आयातपछि पूर्ति हुने उनले बताए । गतवर्षको तुलनामा मालाको मूल्य बढे तापनि यस वर्षको तिहारमा देशभर करीब साढे १८ लाख मालाको खपत हुने अनुमान गरिएको एशोसिएशनले बताएको छ, जसमध्ये १५ लाख सयपत्री, ३ लाख मखमली, १५ हजार गोदावरी फूलको माला खपत हुने अनुमान गरिएको छ । करीब ६ अर्ब रुपैयाँ लगानी रहेको पुष्प व्यवसाय ४३ जिल्लामा फैलिएको छ । ७ सय व्यवसायीसहित करीब ४० हजारभन्दा धेरैले यस क्षेत्रमा रोजगारी पाएका छन् ।