चितवन । फूल खेती गर्दै आएका चितवनका किसानले हङकङमा फूल निर्यात गर्ने तयारी गरेका छन् । कालिका नगरपालिका–२, पदमपुरका किसान गोविन्द बास्तोला सहितका किसानले तिहारका लागि लगाइएको सयपत्री फूल हङकङ निर्यात गर्न लागेका हुन् ।
बिहीवार निर्यातको शुभारम्भ गर्न लागिएको किसान बास्तोलाले जानकारी दिए । सयपत्री फूल चितवनबाट पहिलो पटक हङकङ पठाउन लागिएको उनको भनाइ छ । ‘अहिले पहिलोे चरणमा स्याम्पलको रूपमा हङकङमा एक हजार माला र दुई क्विन्टल सयपत्री पठाउने तयारीमा छौं,’ उनले भने, ‘त्यसपछि उताबाट राम्रो प्रतिक्रिया आए थप चार हजार माला पठाउने छौं ।’ हङकङमा नेपाली व्यवसायीको मागअनुसार माला निर्यात गर्न लागिएको उनले बताए ।
बास्तोलाले पदमपुरमा तीन बिघामा फूलखेती गरेका छन् । उनले कृषि फार्म सञ्चालन गरेर व्यावसायिक फूल खेती गर्दै आएका छन् । हाल कालिका नगरपालिकाका किसान फूल निर्यात गर्न लागिए पनि आगामी दिनमा अन्य किसानसँग सहकार्य गरी निर्यात गरिने उनको भनाइ छ । ‘यो शुरुवाती मात्रै हो, फ्लोरिकल्चर एशोसिशयन नेपालका सदस्य समेत रहेका बास्तोलाले भने, ‘राम्रो भयो भने बाह्रैमासे फूल निर्यात गर्ने हाम्रो योजना छ ।’
सयपत्रीका दुई जात ‘टेनिस बल’ र ‘कलकट्टे’ निर्यात गर्न लागिएको उनले जानकारी दिए । यो जातको फूलको माला तिहारमा बढी लगाउने गरिन्छ । उनका अनुसार कात्तिक २४ गते राति काठमाडौंबाट हङकङ जाने जहाजमार्फत फूल पठाइनेछ । त्यसका लागि कात्तिक २३ गते नै फूल व्यवस्थापन गरिनेछ ।
यसका लागि फूल टिप्ने, माला बनाउने र प्याकेजिङ कार्य भइरहेको र कार्गो सर्भिसबाट पठाउन लागिएको उनको भनाइ छ । अर्का किसान घनश्याम बास्तोलाले चितवनबाट सयपत्री फूल पहिलो पटक निर्यात गर्न पाउँदा आफूहरू उत्साहित भएको बताए । ‘यो चितवन समग्र नेपालकै किसानको लागि खुशीको कुरा हो,’ उनले भने, ‘यसले हामी मात्र नभई अन्य किसानलाई समेत हौसला र प्रेरणा दिन्छ ।’
हङकङसँगै थाइल्यान्डबाट पनि फूलको माग आएको उनले बताए । गोविन्दले भने, ‘पहिला हामी हङकङ निर्यात गर्छौं, कस्तो हुन्छ हेरौं अनि बिस्तारै थाइल्यान्ड पनि निर्यात गर्नेछौं ।’
नेपाली एक सय रुपैयाँ फूलको माला र ५०० रुपैयाँ किलोमा थुँगा फूल निर्यात गर्न लागिएकोे उनले बताए । उनले भने, ‘अहिले विदेशमा बेचिने र नेपालमा बेचिने मूल्य एउटै राखेका छौं । फक्रिएका फूल खेर नजाउन र नओइलियोस् भन्ने उद्देश्य पनि हो ।’
फ्लोरिकल्चर एशोसिएशन चितवनका सचिव सुलभ श्रेष्ठका अनुसार तिहारका लागि चितवनमा ५० बिघामा फूलखेती गरिएको छ ।
यस वर्षको तिहारमा चितवनलाई यहीको उत्पादनले पुग्ने अपेक्षा गरिएको छ । फ्लोरिकल्चर एशोसिएशनले चितवनमा चार लाख फूलको माला माग हुने जनाएको छ ।
चितवनमा तिहारका लागि फूलखेती गर्ने किसान सय जनाको हाराहारीमा छन् । फ्लोरिकल्चर एशोसिएशनले एउटा मालाको खुद्रा मूल्य एक सय र खुला फूलको मूल्य ५०० रुपैयाँ निर्धारण गरेको छ ।
तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा दुई करोड मूल्य बराबर फूलको कारोबार भएको छ । सोमबार, मङ्गलबार र आज कृषि उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन रहेको छ । यही सयपत्री फूलले दिदीबहिनीले दाजु भाइलाई पुज्ने गरिन्छ । कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकोले भारतबाट आएको फूलको माला छिट्टै धेरै सङ
सल्यान : बारी भरी ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिबेला सल्यानका गाउँघर सुन्दर बनेका छन्। गाउँका प्रत्येक टोलदेखि बारी भरी लहरै मखमली र सयपत्री फूल लटरम्म फूलेपछि गाउँ नै सुन्दर देखिएका छन्।नेपालमा प्लास्टिकका फूलले बजार ओगटिरहेका बेला सल्यानबाट भने पहिलो पटक मखमली फूलको माला क्यानडा निर्यात भएको छ।शारदा नगरपालिका २ जोगिदेउ खोलामा सात रोपनी जग्गामा फूल खेती गरेका मोहन ओलीले जिल्लाबाट पहिलो पटक मखमली फूलको माला विदेश पठाउन सफल भएको बताए।क्यानडाबाट पाँचसय मखमली फूलको माला अर्डर भएअनुसार
तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी पूजाको …
तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मी पूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ ।लक्ष्मी पूजाको दिन घरको मूलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिकस्थल सिंगार्न तिहारमा सयपत्री फूलको माग उच्च हुने गर्दछ । मागअनुसार समयमै फूल पठाउनुपर्ने भएकाले अ
भादगाउँ – तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । […]
भादगाउँ– तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हःपूजाको लागि सयपत्री, गोदावरी अनिवार्य चाहिन्छ । लक्ष्मी […]
भादगाउँ, ३१ असोज । तिहार नजिकिएसँगै भक्तपुरका पुष्प व्यवसायीलाई फूल टिप्ने चटारो परेको छ । नजिकिँदै आएको तिहारका लागि सयपत्री, गोदावरी र मखमली फूल टिप्ने तथा माला उनेर बाहिरी जिल्लामा पठाउन चटारो परेको हो । तिहार फूलको पर्व हो । भाइटीकामा मखमली फूलको माला अनिवार्य छ भने नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाका लागि सयपत्री, गोदावरी अनिवार्य […]
सयपत्री फूल तिहारका लागि प्रयोग हुने मुख्य फूलमध्ये एक हो । सयपत्री फूलको माला तिहारमा प्रयोग गरिन्छ । गाउँघरमा यसलाई हजारी फूल भनेर पनि चिनिन्छ । यो फूल आफैमा सौन्दर्यताको प्रतिक पनि हो ।ढकमक्क फूलेको सयपत्री देख्दा कसको पो मन लोभिँदैन र ? घरका आँगन वरिपरी, बगैँचाभरि फूलेको फूलले सौन्दर्यता मात्र नभई तिहारको चहलपहललाई समेत बढाइदिएको हुन्छ । तर, सयपत्रीलाई व्यावसायिक रुपमा खेती गरेको भने विरलै पाइन्छ ।यतिबेला कर्णाली प्रदेशको वीरेन्द्रनगरस्थित पश्चिमी मोहोडामा रहेको एउटा सयपत्री बगैंचा चर्चामा छ
काठमाडौँ – दसैँ सकिएपछि हिन्दु नेपालीहरुको अर्को चाड तिहार आँगनमै आइसकेको छ। ढकमक्क फूलेका सयपत्री र मखमलीले त्यसको संकेत गर्छन्। तिहारको रौनक बढाउने सयपत्री तथा मखमली फूलको माग जहिले पनि बढी हुन्छ। यस वर्ष पनि फूलहरुको माग बढी छ। नेपालीहरुको माग पूरा गर्न नेपाल फ्लोरिकल्चर फेडरेशनले यसवर्ष १० देखि १५ प्रतिशत सयपत्री फूल आयात गर्नुपर्ने […]