श्रमिक नपाउँदा किसानलाई छैन श्रीपञ्चमी पर्वको रौनक

“माघ लागेदेखि नै बस्तीमा श्रमिक खोजेको खोज्यै छु, यसपालि पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न पाइने छाँट छैन”, महोत्तरी भङ्गाहा नगरपालिका–४ रामनगरका ५० वर्षीय किसान गङ्गाराम महतो दिक्क मान्दै भन्नुहुन्छ, “अब हरेस खाएँ, आउँदो वर्षलाई मजदुर पाउने आश म¥यो ।” गत वर्ष पनि श्रीपञ्चमी पर्वमा श्रमिक पुज्न नपाइएको बताउने महतो अब खेती गरेर केही गरौँला भन्ने जाँगर पनि मरेको गुनासो गर्नुहुन्छ । मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रको परम्परामा श्रीपञ्चमी पर्वका दिन कृषि कार्य गर्न अघिल्लो एक वर्षका लागि कृषि श्रमिकको टुङ्गो गरेर पुज्ने परम्परा भए पनि यसपालि गाउँ–नगर बस्तीमा कृषि श्रमिक नपाइएपछि महतोको चिन्ता बढेको हो ।

सम्बन्धित सामग्री

लेले सरस्वती कुण्डमा श्रीपञ्चमी मेला

काठमाडौँ : विद्याकी देवी सरस्वतीको पूजा अर्चना गर्दै बुधवार श्रीपञ्चमी पर्व मनाइएको छ।हरेक वर्षको माघ शुक्ल पञ्चमीका दिन मनाइने यो पर्वमा यसपाली पनि ललितपुरको लेलेमा रहेको सरस्वती कुण्डमा विशेष मेला लागेको छ।गोदावरी नगरपालिका वडा नम्बर ५ तिलेश्वर महादेवको प्राङ्गणमै अवस्थित जलरुपा सरस्वतीमा १० हजारभन्दा बढी श्रद्धालु भक्तजनले दर्शन गरेको मेला संयोजक निकेस श्रेष्ठले जानकारी दिए।श्री ज्ञानकुण्ड युवा क्लबले मेलाको ब्यवस्थापन गरेको थियो। सरस्वती कुण्डमा उपत्यका र आसपासका क्षेत्रबाट भक्तजनह

हराउँदै श्रीपञ्चमी पर्वका कृषि परम्परा

महोत्तरी – मधेसको प्राचीन मिथिला क्षेत्र चाडवाड र लोक सांस्कृतिक परम्पराले उर्वर मानिन्छ। माघ शुक्लपञ्चमी पनि कतिपय परम्परासँग जोडिएको पर्व हो। यस दिनलाई वसन्तपञ्चमी वा श्रीपञ्चमी भन्ने गरिएको छ। श्रीपञ्चमी पर्व वैदिक परम्परामा विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजनोत्सव र ससाना नानीहरुको अक्षरारम्भसँगै कतिपय कृषि परम्परासँग जोडिएको छ। यद्यपि अब पर्वविशेषका कृषि परम्परा भने हराउँदै छन्। […]

आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै

काठमाडौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा-आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी […] The post आज श्रीपञ्चमी : विद्याकी देवी सरस्वतीको पूजा आराधना गरिँदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर र केशोर उत्पादक खुसी

महोत्तरी । मधेश प्रदेशको प्राचीन मिथिला क्षेत्रमा धार्मिक, सांस्कृतिक पर्वसँगै किसानका विभिन्न उत्पादनको सम्बन्ध जोडिएको छ । श्रीपञ्चमी पर्व नजिकिएसँगै बयर (रूखमा फल्ने फलविशेष) र केशोर (माटोमुनि फल्ने फलविशेष) उत्पादन भएपछि किसान खुसी भएका छन् । अहिले यो पर्व नजिकिएसँगै महोत्तरीका हाटबजारमा केशोर र बयरको व्यापार बढेको छ ।  वसन्तपञ्चमी पनि भनिने यस पर्वमा सरस्वतीको पूजाका लागि बयर र केशोरको महत्व निकै हुन्छ । हरेक बस्तीमा प्रसादका रूपमा उपयोगमा ल्याइने बयर र केशोरले विद्यालय र घरघरै उल्लासमय वातावरणमा मनाइने सरस्वती पूजाका समयमा राम्रो बजार पाउँछन् । पर्व नजिकिएसँगै केशोर खन्न र बजार पुर्‍याउन किसानहरू तल्लीन देखिन्छन् । ‘लगातार बाक्लो हुस्सुसँगैको चिसो स्याँठले काम गर्न कठिन भए पनि केशोर खन्न लागेका छौं,’ बर्दिबास–९ पशुपतिनगरका किसान रामविनोद महतोले भने, ‘ केशोरले बजार पाउने अबका चार दिन त हो ।’ यस वर्ष श्रीपञ्चमी पर्व माघ मध्यअघि नै पर्दा केशोर खन्ने उपयुक्त बेला भए पनि लगातारको चिसोले दुःख दिएको एक किसानले बताए । चिसो बढी भएमा केशोरमा कालो धब्बा लाग्छ । बर्दिबास, गौशाला, भंगाहा, औरहीलगायत जिल्लाका उत्तरवर्ती नगर क्षेत्रका बस्तीमा केशोरको व्यावसायिक खेती हुँदै आएको छ । यहाँको केशोर देशका विभिन्न भागमा मात्र सीमित नरही भारतको पश्चिम बंगालसम्म पुग्छ । त्यसैले अहिले केशोर व्यापारीको चहलपहल बढेको छ । केशोरको व्यावसायिक खेती हुने भए पनि यहाँ बयरको व्यावसायिक खेती भने फस्टाएको छैन । यहाँको उत्पादन अपुग रहेकाले बजारमा बाहिरबाट मनग्ये बयर आउने गरेको छ । ‘बयरका रूख त छन् तर उनै पुराना, जे फल्छ भगवान् भरोसे,’ भंगाहा–४ पलारका किसान जयकरण बाँतरले भने, ‘यो पनि वसन्तपञ्चमी ताका टिप्न सकिएन भने झरेर खेर जान्छ, त्यसैले टिप्दै छौं ।’ यता उन्नत जातका बयरको खेती नथालिँदा भारतबाट आउने बयरमा आश्रित हुन परेको किसान बताउँछन् । स्थानीय सरकारले उन्नत जातका बयरका बिरुवा उपलब्ध गराइदिए आपूmहरू खेती गर्न इच्छुक रहेको जयकरणकै छिमेकी महेश सर्दार बाँतरले बताए । यसैगरी माटोमुनि फल्ने केशोर तयार हुने समय पनि माघ मध्यमै हो । खन्न ढिलो हुनासाथ कुहिँदै जाने, कालो धब्बा लाग्ने एवं स्वाद बिग्रने हुँदा अहिले केशोर खन्न किसान व्यस्त देखिएका छन् । ‘केशोर खन्न अब ढिलो गर्न हुन्न, श्रीपञ्चमी आउन अब केही दिनमात्र बाँकी छ, आउने बिहीबारसम्म पर्वका लागि यसको बजार हुन्छ,’ बर्दिबास–७ मनहरिपुरका किसान रोशन यादवले भने, ‘त्यसैले घरका सबै केशोर खन्न जुटेका छौं ।’ टाढाटाढासम्म केशोर निर्यात गर्ने मनहरिपुरका किसान बारीमा फसल तयार भए पनि मौसमको राम्रो साथ नपाएको बताए । खनेको केशोर तत्कालै नबिग्रने हुँदा मनहरिपुरमा अहिले घरघरैजसो आँगनमा खनेका केशोरका थुप्रा देखिन्छन् । बयरको व्यावसायिक खेती गर्ने किसान त जिल्लामै थोरै छन् । स्वास्थ्यका दृष्टिले गुणकारी फल केशोर पर्वविशेषको प्रसाद सामग्रीमात्र नभई मौसममा फल्ने फलका रूपमा खाने चलन बसाल्न सके यसको बजार अझ विस्तार हुने स्वास्थ्यकर्मीको भनाइ छ । खानामा अरुचि हटाउन, पाचन क्रिया मजबुत बनाउन, कोशिकाहरू सक्रिय बनाउन र रगत शुद्धीकरणका लागि पनि केशोर उपयोगी फल मानिने स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले बताए । अहिले उत्पादन भएको केशोर खनेर चिस्यानघरमा राख्न सके वैशाख÷जेठको गर्मीयाममा राम्रो मूल्यमा बिक्री गर्न सकिन्छ तर चिस्यानघरको अभावमा सुरक्षित राख्न कठिन भएको उनको गुनासो छ । -रासस

आज श्रीपञ्चमी ! देशभर विद्याकी देवीको सरस्वतीको पूजा गरिँदै

काठमाडौँ – आज सरस्वती पूजा, अर्थात् श्रीपञ्चमी देशभर विद्याकी देवी सरस्वतीको आराधनासहित पूजाआजा गरी मनाइँदैछ । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व सरस्वतीको पूजा आराधना गरी मनाइन्छ । आज संगीत, कला, साहित्य र विद्याकी खानी सरस्वतीको विधिपूर्वक पूजा आराधना गरी स्तोत्र पाठ गरेमा पढ्न आउँछ भन्ने धार्मिक विश्वास छ। आज साना बालबालिकालाई अक्षरारम्भ […]

मनाइयो श्रीपञ्चमी पर्व

माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मनाइएको छ । सरस्वतीको पूजा आराधना गर्न विद्यार्थी एवं विद्याको क्षेत्रमा काम गर्नेको राजधानीको विभिन्न स्थानका सरस्वती मन्दिरमा भीड लागेको थियो । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी दे...

श्रीपञ्चमी : वसन्त ऋतु प्रारम्भ

प्रत्येक वर्ष माघ शुक्लपञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्रीदेवी सरस्वतीको पूजाराधना गरी आज देशभर मनाइँदैछ ।

श्रीपञ्चमी आज

माघ शुक्ल पञ्चमीका दिन बिहीबार विद्याकी अधिष्टात्रीदेवी सरस्वतीको पूजाअर्चना गरेर श्रीपञ्चमी मनाइँदै छ । फागुन र माघ महिना शिशिर ऋतु मानिएकाले यो ऋतुमा पर्ने पञ्चमीलाई श्रीपञ्चमी भनिएको हो ।

आज श्रीपञ्चमी मनाइँदै

काठमाडौँ, माघ ८ गते । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज...