काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दैछ। पार्टी विभाजन भएपछि पहिलोपटक एमाले केन्द्रीय कमिटी बैठक बस्न लागेको हो।बैठक तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा दिउँसो १२ बजेका लागि बोलाइएको पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए। मंगलबार बसेको स्थायी कमिटी बैठकका निर्णय अनुमोदन गर्न आज केन्द्रीय कमिटी बैठक बोलाइएको हो।बैठकमा पार्टीको आगामी महाधिवेशन, विधान महाधिवेशन, १० बुँदे सहमति कार्यान्वयन तथा सहमति कार्यान्वयनका सन्दर्भमा स्थानीय कमिटीको परिचालन एवम् पा