प्रधानन्यायाधीशका जेठान बने आपूर्तिमन्त्री

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका आफन्त गजेन्द्र हमाल पनि मन्त्री बनेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री बनाउने निर्णय गरेका हुन् । हमाललाई मन्त्री बनाउने निर्णय भएको प्रधानमन्त्री देउवाको सचिवालयले पुष्टि गरेको छ ।यसअघि प्रधानन्यायाधीशले मन्त्रीमा कोटा मागेको भन्दै हमालको नाम चर्चामा आएपछि बार र बेन्चबीच यस विषयमा तनाव समेत भएको थियो । सर्वोच्च अदालतले मन्त्रीमा कोटा नमागेको भन्दै विज्ञप्ति समेत जारी गरेको थियो भने प्रधानन्यायाधीश जबराले

सम्बन्धित सामग्री

गजेन्द्र हमाललाई मन्त्री नबनाउन पहिल्यै प्रधानमन्त्रीलाई भनेको थिएँ: राणा

काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले प्रधानमन्त्रीसँग मन्त्रिपरिषदमा भागवण्डा खोजेर सौदावाजी गरेको आरोप निराधार रहेको जवाफ दिएका छन्। महाअभियोग सिफारिस समितिमा बयान दिँदै राणाले आफूले मन्त्रिपरिषद्‌मा भागवण्डा खोज्ने कुरा सोच्न पनि नसक्ने दाबी गरेका हुन्। राणाको सिफारिसमा २०७८ असोज २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले राणाका जेठान नाता पर्ने गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री […]

संकटमा प्रधानन्यायाधीश राणा ! मौनता साँधिरहेछन् राजनीतिक दल

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथि यतिबेला प्रश्नै प्रश्न उठिरहेको छ। प्रधानन्यायाधीशको भूमिका सन्तुलित नभएको भन्दै अदालतभित्र बाटै मार्गप्रशस्त कुरा उठिरहेको छ। पाँचदलीय गठबन्धनको शेरबहादुर देउवा नेतृत्वको सरकारसँग मन्त्रीको भाग खोजेका आरोपबाट सिर्जित विवादले जबराको कुर्सी नै धरापमा परेको हो। प्रधानन्यायाधीशका जेठान गजेन्द्रबहादुर हमाल पनि मन्त्री बनेपछि उनीमाथि प्रश्न उठेको हो।  हमाल उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेसँगै चौतर्फी आलोचना

कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्छ : गगन थापा

काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने टिप्पणी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल मन्त्री बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। प्रधानन्यायाधीशको कोटाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हमाल गैर सांसद हुन्। नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो? लोकतन्

पारिवारिक नाता सबैको हुन्छ, मेरो पनि हो : नवनियुक्त मन्त्री हमाल [भिडियो]

नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्रबहादुर हमालले पारिवारिक नाता सबैको हुने प्रतिक्रिया दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँगको नातासम्बन्धलाई लिएर चर्चा भइरहेका बेला हमालले मन्त्रालयमा कार्यभार सम्हाल्दै नाता सबैको हुने संक्षिप्त प्रतिक्रिया दिए । मन्त्री हमाल प्रधानन्यायाधीश जबराका जेठान हुन् । शितलनिवासमा राष्ट्रपतिबाट शपथ लिएपछि मन्त्रिपरिषद् बैठकमा सहभागी भएर मन्त्री हमाल मन्त्रालयमा पुगेका छन् ।

गैर सांसद हमाल ‘प्रधानन्यायाधीशकाे कोटा’बाट मन्त्री!

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल पनि प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा अटाएका छन्।प्रधानन्यायाधीश कोटाबाट हमाल उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हुन्। प्रधानन्यायाधीश जबरा र बाँकेका कांग्रेस नेता हमालबीच पारिवारिक सम्बन्ध छ।हमाल गैरसांसद हुन्। संवैधानिक व्यवस्थाअनुसार गैरसांसद ६ महिना मन्त्री बन्न पाउने प्रावधान छ।संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति (१) धारा ७६ को उपधारा (९) मा जनुसकुै क

गैरसांसद् हमाललाई मन्त्री, प्रधानमन्त्री र प्रधानन्यायाधीशसँग के छ सम्बन्ध ?

प्रधानमन्त्री शेरबहादुर देउवाले अन्ततः गैरसांसद्लाई पनि मन्त्री बनाएका छन् । संविधानको मूल मर्मविपरीत देउवाले नेपालगञ्जका गजेन्द्र हमाललाई उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री नियुक्त गरेका हुन् । हमाल प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराका जेठान हुन् ।

प्रधानन्यायाधीश राणाका जेठान गजेन्द्र हमाल बने आपूर्तिमन्त्री

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाका जेठान गजेन्द्र हमाल मन्त्रीमा नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको कोटाबाट गैरसांसद हमाललाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीमा नियुक्त गरेका हुन् ।