काठमाडौं : सत्तारुढ नेपाली कांग्रेसका सांसद गगन थापाले कानुनका छिद्रबाट छिराइएको निर्णयले अनन्तकालसम्म लखेट्ने टिप्पणी गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका जेठान गजेन्द्रबहादुर हमाल मन्त्री बनेपछि उनले यस्तो टिप्पणी गरेका हुन्। प्रधानन्यायाधीशको कोटाबाट उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मन्त्री बनेका हमाल गैर सांसद हुन्। नेता थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हामी इतिहासबाट शिक्षा नलिन अभिशप्त नै हो? लोकतन्