धनगढी : प्रधानमन्त्री शेरबहादुर देउवाले कैलालीको गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताएका छन्।शनिबार धनगढी पुगेका प्रधानमन्त्री देउवाले यस्तो बताएका हुन्। देउवाले धनगढी उपमहानगरपालिकाको नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै गेटा मेडिकल कलेजलाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने बताए।‘यस विषयमा काठमाडौं फर्किएर मन्त्रीपरिषद्बाट निर्णय गर्छु’, उनले भने, ‘कानुन बनाएर गेटालाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइन्छ।’ भौतिक संरचना निर्माणको काम अन्तिम