एआईजीका लागि भएको सिफारिसविरुद्धको रिटको पेशी आइतबार ‘हेर्न नमिल्ने’

काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि भएको बढुवा सिफारिसविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको पहिलो पेशी आइतबार ‘हेर्न नमिल्ने’ भएको छ । न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा परेको रिटको पेशी चढे पनि हेर्न नमिल्ने भएको हो । वरिष्ठता मिचेर सिफारिस गरिएको भन्दै डीआईजीहरु ईश्वरबाबु कार्कीले बिहीबार सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए । […]

सम्बन्धित सामग्री

रचना रिमाल लेख्छिन्- सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ

काठमाडौं । सन्दीप लामिछानेको मुद्दा सुनुवाइमा विलम्ब भएपछि गायिका रचना रिमालले असन्तुष्टि पोखेकी छन् । आइतबार पेशी तोकिए पनि ‘हेर्न नमिल्ने’ सूचीमा मुद्दा परेपछि उनले ‘दोषी भए सजाय देऊ, नभए विश्वकप खेल्न देऊ’ भन्दै सामाजिक सञ्जालमा स्टाटस लेखेकी हुन् । रिमाल नेपाली क्रिकेट सधैँ फलो गरिरहेकी हुन्छिन् । टीयु र मुलपानीमा हुने प्रतियोगिताहरूमा प्रायः उनी दर्शकका […]

कोशी सरकार गठनसम्बन्धी मुद्दा हेर्न नमिल्नेमा

विराटनगर । कोशी प्रदेश सरकार गठनसम्बन्धी आइतबार सर्वोच्च अदालतमा पेशी चढेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दामा न्यायाधीश रेग्मीले हेर्न नमिल्ने भनेका हुन् । मुद्दाको इजलास सुरु भएपछि न्यायधीय रेग्मीले रिट निवेदक एमाले संसदीय दलका नेता एवं कोशी प्रदेशका ...

कोशी सरकार गठनसम्बन्धी मुद्दा हेर्न नमिल्नेमा

विराटनगर । कोशी प्रदेश सरकार गठनसम्बन्धी आइतबार सर्वोच्च अदालतमा पेशी चढेको रिट हेर्न नमिल्नेमा परेको छ । न्यायाधीश कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासमा परेको मुद्दामा न्यायाधीश रेग्मीले हेर्न नमिल्ने भनेका हुन् । मुद्दाको इजलास सुरु भएपछि न्यायधीय रेग्मीले रिट निवेदक एमाले संसदीय दलका नेता एवं कोशी प्रदेशका ...

डीआइजीलाई एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध सुनुवाइ हुँदै

नेपाल प्रहरीका तीन जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)लाई अतिरिक्त महानिरीक्षक (एआइजी)मा बढुवा गर्ने निर्णयविरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ । सर्वोच्च अदालतका न्यायाधीश डा.कुमार चुडालको एकल इजलासमा एआइजीमा बढुवा गर्ने निर्णयविरुद्ध रिटको पेशी तोकिएको छ । यसअघि आइतबार र सोमबार न्यायाधीश कुमार रेग्मीको एकल इजलासले उक्त मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा राखेको थियो । एआइजीमा बढुवाविरुद्ध डीआइजीहरु ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले सर्वोच्च रिट दायर गर्नुभएको थियो ।

एआईजी बढुवाविरुद्धको रिट हेर्न नमिल्ने सूचीमा

एआईजी बढुवाविरुद्धको मुद्दामा आइतबार सुनुवाइ भएन् । न्यायाधीश कुमार रेग्मीको इजलासमा पेशी तोकिएको थियो । तर, न्यायाधीश रेग्मीले सो मुद्दा ‘हेर्न नमिल्ने’ सुचिमा राखेका छन् ।प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याचमेट ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले बढुवा बिरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए ।मन्त्रिपरिषद्ले धिरज प्रताप सिंह, बसन्त कुमार पन्त र रबिन्द्र बहादुर धानुकलाई  एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो । बढुवा सिफारिसमा असन्तुष्टि जन

धितोपत्र बोर्डमा पुनर्बहालीको माग गरेका भिष्म ढुंगानाको मुद्दामा आज सुनुवाई हुदै

नेपाल धितोपत्र बोर्डका निवर्तमान अध्यक्ष भिष्मराज ढुंगानाले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा आज पुन: पेशी चढेको छ ।  आज न्यायधीशहरु मिरा खड्का, डा. आनन्द मोहन भट्टराई र हरि प्रसाद फुयालको पूर्ण इजलाशमा यो मुद्दाको पेशी चढेको हो। यो मुद्दा उक्त इजलाशको ५ नम्बरमा रहेको छ  ।यस अघि पुस २९ गते यो मुद्दा न्यायधीशहरु अनिल कुमार सिंह, टंकबहादुर मोक्तान र डा, मनोजकुमार शर्माको पूर्ण इजलाशमा पेसी तोकिएको थियो । तर डा. शर्माले यो मुद्दा हेर्न नमिल्ने भएपछि इजलाश नै बसेको थिएँन ।  त्यसपछि आज पुन: पूर्ण इजलाशमा यो मुद्दाको पेशी तोकिएको हो  ।   मङ्सिर २१ गते सर्वोच्चले यस मुद्दामा कारण देखाउ आदेश जारी गरेको थियो ।  त्यसपछि पुस ७ गते न्यायधीशहरु प्रकाशमान सिंह र डा. कुमार चुडालको राय बाझिएको थियो । राय बाझिएपछि पूर्ण इजलाशमा मुद्दा प्रवेश गरेको हो । पूर्ण इजलाशमा राय बाझिए बहुमत न्यायधीशको आदेश सदर हुने ब्यबस्था छ।    सरकार गैर कानुनी रुपमा हटाएको र आफुमाथि अन्याय भएको भन्दै उनले कार्तिक ७ गते आइतबार सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् । उनले नेपाल सरकार मन्त्रिपरिषद प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरवारलाई विपक्षी बनाएका छन् । उनले आफुलाई बोर्ड अध्यक्षमा पुनर्बहालीको माग राखेका छन् । असोज १९ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बर्खास्त गरेको थियो । अर्थ मन्त्रालयको सिफारिसमा उनलाई बर्खास्त गर्ने निर्णय भएको हो । सरकारले यस अघि उनलाई स्पष्टिकरण सोधेको थियो । स्पष्टिकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै उनलाई हटाइएको हो।  असोज १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।  ढुंगानाले असोज १७ मा आइतबार स्पष्टिकरण बुझाएका थिए । ढुंगानामाथि लागेको आरोपको सम्बन्धमा जाँचबुझ गर्न गठित समितिले सकारलाई प्रतिवेदन बुझाएको थियो । जाँचबुझ समितिको सिफारिसको आधारमा उनलाई स्पष्टिकरण सोध्ने निर्णय सरकारले गरेको थियो। धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले धितोपत्रको भित्री कारोबार तथा धितोपत्र व्यवसाय गरी बोर्डलाई हानी नोक्सानी पु¥याई बोर्डको हित र पुँजी बजारको विकास विपरित हुनेगरी पदीय आचरण विपरित काम कार्वाही गरेको भन्ने सम्बन्धमा जाँचबुझ गरी १५ दिनभित्र प्रतिवेदन पेश गर्न गत भदौ १६ गतेको मन्त्रिपरिषद्को  बैठकले जाँचबुझ समिति गठन गरेको थियो ।  यता सरकारले भने बोर्डमा नयाँ अध्यक्ष नियुक्ति लागि सम्पूर्ण प्रक्रिया पुरा गरि ३ जनाको नाम मन्त्रिपरिषदमा सिफारिस गरिसकेको छ ।