प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा न्यायपालिकालाई नेतृत्व गर्न अक्षम रहेको भन्दै नेपाल बार एसोसिएसन निरन्तर आन्दोलनमा छ । हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत प्रांगणमा विरोध जनाउने शुक्रबारको निर्णयअनुसार दुई दिनदेखि बार र सर्वोच्च अदालत बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायी आन्दोलनमा छन् ।