नेपाल बार एशाेसिएसन सल्लाहकार समितिका सदस्यहरुले विवादित बनेका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अबिलम्ब राजीनामा नदिए आन्दोलन गर्नुपर्ने सुझाव दिएका छन् । मंगलबार बसेको बैठकमा बारका ३७ जना सदस्यमध्ये ३६ जनाले प्रधानन्यायाधीश जबराले तत्काल राजीनामा नदिए देशभर आन्दोलन गर्नुपर्ने सुझाव दिएका हुन् ।