द्वारिकलाल चौधरी माओवादी प्रवेश, प्रचण्डले गरे स्वागत

काठमाडौं । नेकपा एमालेका नेता तथा इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनलाई आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीमा स्वागत गरेका हुन् । दाहालको सचिवालयले दिएको जानकारीअनुसार उनलाई दाहालले स्वागत गरेका थिए । यसअघि एमालेमा सक्रिय चौधरी विभिन्न कारणले विवादमा तानिएका थिए ।   

सम्बन्धित सामग्री

इटहरीका पूर्वमेयर द्वारिकलाल चाैधरी माओवादी केन्द्रमा प्रवेश

काठमाण्डाै – एमाले नेता एवम् इटहरी उपमहानगरपालिका पूर्वमेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज आइतवार आफ्नै निवासमा एक कार्यक्रम गरी चौधरीलाई टीका र खादा लगाएर माओवादीमा स्वागत गर्नुभएको छ । एमालेबाट टिकट नपाउने सम्भावना देखेपछि चाैधरी माओवादी प्रवेश गर्नुभएको शंका छ । माओवादीले चौधरीलाई प्रदेश सभा सदस्यको टिकट दिने तयारी गरेको छ । चौधरी माओवादीमा प्रवेश गर्नुले निकै ठूलो अर्थ राख्ने दाबी गर्दै प्रचण्डले इटहरीको बहुचर्चित मेयरको...

‘बरु राजनीति छोड्छु तर एमाले छोड्दिन’ भन्ने द्वारिकलाल माओवादी छिरे

बरु राजनीति छोड्छु तर एमाले छोड्नि भन्ने ईटहरी उपमहानगरपालिकाका पूर्बमेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश गरेका छन्। नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले टीका–माला लगाएर चौधरीलाई पार्टी प्रवेश गराएका छन्। उनी पार्टी प्रवेश गर्न ...

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी माओवादी प्रवेश

काठमाडौं । । इटहरी उपमहानगरपालिका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गरेका छन् । आज बिहान अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफनो निवास खुमलटारमा पुगेर माओवादी प्रवेश गरेका हुन् । उनलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टिका र खादा लगाएर स्वागत गरे । नेकपा एमालेबाट टिकट पाउने सम्भावना नदेखेपछि माओवादी प्रवेश गरेको बताइएको छ । […]

इटहरीका पूर्व मेयर चौधरी माओवादी प्रवेश

इटहरीका पूर्व मेयर द्वारिकलाल चौधरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो निवास खुमलटारमा नेकपा एमालेबाट निर्वाचित चौधरीलाई माओवादी केन्द्रमा प्रवेश गराएका हुन् ।उनी प्रदेश सांसदको निर्वाचन लड्ने बुझिएको छ । चौधरी सुनसरी क्षेत्र नम्बर २ को प्रदेशसभा क बाट उम्मेदवार बन्न लागेका हुन् । गठबन्धनमा सुनसरी क्षेत्र नम्बर–२ कांग्रेस सो क्षेत्रको प्रदेशसभा क  माओवादीको भागमा परेको छ ।

द्वारिकलाल चौधरी माओवादी प्रवेशका लागि काठमाडौं हिडे

इटहरी- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत रहेका चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको बताएका छनु। एमालेवाट सांसदको टिकट पाउने नपाउने निश्चित नभए पछि उनी माओवादीमा प्रवेश गर्न लागेका हुन । माओवादी प्रवेश पछि प्रदेश सांसदका लागि टिकट पाउने बुझिएको छ । आईतवार माओवादी अध्यक्ष […]

इटहरी उपमहानगरका पूर्वमेयर चौधरी माओवादी केन्द्र प्रवेश गर्ने

विराटनगर : सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्वमेयर द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन्। उनी नेकपा एमालेका प्रदेश समिति सदस्यसमेत हुन्। चौधरीले आफू माओवादीमा प्रवेश गर्न लागेको सत्य भएको बताए। सांसदको टिकट पाउने नपाउने भन्ने विषय २३ गतेपछि थाहा हुने बताउँदै उनले भने, ‘तर माओवादी प्रवेश गर्न लागेको कुरा सत्य हो।’ उनी भोलि माओवादी अध्यक्ष प्रचण्डको हातको टीका लगाएर प्रवेश गर्ने तयारीमा रहेको स्रोतले जनाएको छ।

द्वारिकलाल चौधरी माओवादी केन्द्रमा प्रवेश गर्दै

सुनसरीको इटहरी उपमहानगरपालिकाका पूर्व प्रमुख तथा नेकपा एमालेका प्रदेश समिति सदस्य द्वारिकलाल चौधरी माओवादी केन्द्र प्रवेश गर्ने भएका छन् । आगामी निर्वाचनमा सुनसरीको निर्वाचन क्षेत्र २ (क)बाट प्रदेशसभा सदस्यको उम्मेदवार बनाउने शर्तमा उनी माओवादी प्रवेश गर्न लागेका हुन् । यसअघि उनी माधवकुमार नेपाल पक्षमा लागेका थिए ।यद्यपि १० बुँदे सहमति गरेर दश भाइ एमालेमै रहे सँगै उनी पनि एमालेमै रहेका थिए । चौधरीले आफू काठमाडौं जान विराटनगर एयरपोर्टमा रहेको र माओवादी प्रवेश गर्न लागेको सत्य भएको बताए । ‘स