नेपालको कला, संस्कृति, पर्यटन, व्यापार, लगानीलगायतबारे जानकारी दिने उद्देश्यले निर्मित “नेपाल राष्ट्रिय मण्डप” चीनको सिछुवान प्रान्तको छन्तुमा सञ्चालनमा आएको छ । छन्तुमा नेपाली महावाणिज्यदूतावास स्थापना भएलगत्तै चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डे र छन्तु अन्तर्राष्ट्रिय चिनियाँ मैत्री सङ्घका उपाध्यक्ष लि लीले मण्डपको उद्घाटन गरेका हुन् ।एशियाको सबैभन्दा ठूलो रेलमार्ग बन्दरगाह परिसरमा परम्परागत नेपाली शैलीमा सजाइएको मण्डपमा कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटिएको ह