नयाँ दिल्ली । भारतमा चट्याङ लागेर पर्यटकको एउटा समूहका ११ जनाको मृत्यु भएको छ । राजस्थानको जयपुरस्थित आमेर किलाको ‘वाच टावर’ मा घुम्न गएका पर्यटकको समूह सेल्फी लिइरहेको समयमा चट्याङको सिकार भएको हो । टावरमाथि वर्षाको दृश्य समेटेर सेल्फी लिइरहेको समयमा चट्याङ खस्दा उनीहरुको मृत्यु भएको जनाइएको छ ।स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतकमा धेरैजसो युवा छन् ।जयपुरका कलेक्टर अनन्तसिंह नेहराका अनुसार चट्याङ लागेर ११ जनाको मृत्यु भएको छ भने अन्य ११ जना घाइत
नयाँदिल्लीः भारतको दक्षिणी राज्य उडिशामा चट्याङ परेर कम्तीका ११ जनाको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन्।
उडिशाको प्रान्तीय राजधानी भुवनेश्वरबाट उत्तरपूर्वमा पर्ने भादराक, बालेश्वर र केन्द्रापारा जिल्लामा परेको छुट्टाछुट्टै चट्याङमा परी ती ११ जनाको मृत्यु भएको हो।
मारिनेमा सवैजसो धान खेतमा काम गरिरहेका थिए। भारतको राष्ट्रिय दैवी प्रकोप विभागका