२९ जेठ, काठमाडौं । कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष देवीदत्त उपाध्यायले सोमबार हुने जिल्ला समन्वय समितिको निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । निर्वाचन आयोगले आइतबार कैलालीका मुख्य निर्वाचन अधिकृतलाई एक पत्र लेखी उपाध्यायविरुद्ध भ्रष्टाचार मुद्दा विचाराधीन रहेकाले उनलाई गाउँपालिका अध्यक्षको हैसियतमा कुनै अधिकार प्रयोग गर्न नदिन आग्रह गरेको छ । ‘… भ्रष्टाचारको आरोपमा मुद्दा चलेकामा […]