पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध

 मध्यपहाडी पुष्पलाल राजमार्गको पर्वत खण्ड अझै अवरुद्ध छ । गत बिहीबार रातिको अविरल वर्षाका कारण धौलागिरिको मुख्य राजमार्ग अवरुद्ध भएपछि यातायात सेवा ठप्प छ ।  यसबाट चौतर्फी सकस र सास्ती सुरु भएको छ ।  चाडपर्वका मुखमा मुख्य राजमार्ग नै अवरुद्ध भएपछि धौलागिरिका चार बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङमा दैनिक अत्यावश्यकीय उपभोग्य सामग्रीको अभाव हुन थालेको छ । पेट्रोलियम पदार्थ, खाद्यान्न तथा तरकारीको अभाव भएको छ । अभाव बढेसँगै अत्यावश्यक वस्तुको भाउ मनपरी लिन थालिएको उपभोक्ताको गुनासो छ

सम्बन्धित सामग्री

सडक माथिबाट ढुङ्गा खस्दा अवरुद्ध मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड खुल्याे

पर्वत – पर्वतको मोदी गाउँपालिका–६ मा पर्ने महभिरमा सडक माथिबाट ढुङ्गा खस्दा अवरुद्ध मध्यपहाडी लोकमार्गको पोखरा–पर्वत खण्ड खुलेको छ । सडक अवरुद्ध हुँदा रोकिएका गाडी गन्तब्यतर्फ लागेका पर्वतका ट्राफिक प्रहरी प्रमुख सुमन न्यूरेले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा पोखरातर्फबाट धौलागिरिका पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङतर्फ आएका गाडी बीच बाटाेमै रोकिएका थिए । सडक खुलेसँगै राेकिएका गाडीहरु चल्न थालेका छन् ।

पोखरा–बागलुङ राजमार्गमा यातायात सुचारु

भीषण वर्षापछिको पहिरोले अवरुद्ध मध्यपहाडी राजमार्गको पोखरा–बागलुङ अन्तर्गत पर्वत खण्ड एकतर्फी संचालनमा आएको छ । वर्षासँगै राजमार्ग एकसातादेखि अवरुद्ध थियो ।...

मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा आउन अझै तीन दिन लाग्ने

वर्षाका कारण अवरुद्ध भएको मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड सञ्चालनमा ल्याउन कम्तीमा तीन दिन लाग्ने भएको छ । सडक लामो समयसम्म अवरुद्ध भएपछि पर्वतलगायत बागलुङ, म्याग्दी र मुस्ताङका नागरिकलाई सास्ती भएको छ । पर्वतको...

अवरुद्ध मध्यपहाडी लोकमार्ग सञ्चालन

पहिरोका कारण शुक्रबार रातिदेखि अवरुद्ध भएको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सञ्चालनमा आएको छ । कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा वर्षासँगै सडकमाथिबाट आएको पहिरोका कारण सडक अवरुद्ध भएको थियो । वर्षा रोकिएसँगै पहिरो पन्छाइएपछि सवारीसाधन सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी प्रमुख कृष्णबहादुर खड्काले जानकारी दिए । अहिले रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन् ।लगातारको वर्षाका कारण राति नै पहिरो आएर सडक पुरिएको थियो । वर्षा रोकिएपछि बिहान सबेरैबाट एस्काभेटर लगाएर पहिरो पन्छाइएको खड्काले जानका

अवरुद्ध मध्यपहाडी लोकमार्गको पर्वत खण्ड सुचालु

लगातारको वर्षाका कारण पर्वतको नयाँ पुलमा ठूलो ढुङ्गोसहित खसेको पहिरो पन्छाउन एक साता लागेको छ । ब्रेकरले ढुङ्गा फुटाउन नसक्ने भएपछि नेपाली सेनाले विस्फोटक पदार्थ प्रयोग गरेर ढुङ्गा फुटाएको हो ।

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिए ।सडक अवरुद्ध हुँदा बागलुङ, म्याग्दी र मुस्ताङबाट छुटेका लामो तथा छोटो दूरीक

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका पाङको सहस्रधारामा पहिरो र लेदोले गएरातिदेखि सडक अवरुद्ध भएको हो । सडक खुलाउनका लागि डोजर र सुरक्षा निकाय तयारी अवस्थामा रहेपनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या देखिएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख कृष्ण खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार […]

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत–बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल खुलाउन समस्या […]

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड ८ घण्टादेखि अवरुद्ध

पर्वत : लगातार ६ दिनसम्म अवरुद्ध भएर बल्लतल्ल सञ्चालनमा भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वत खण्ड फेरि ८ घण्टादेखि अवरुद्ध भएको छ।पर्वतको कुश्मा नगरपालिका–२ खुर्कोटको नयाँ पुलमा झरेको पहिरो ६ दिन लगाएर पन्छाएपछि लोकमार्ग हिजो मंगलबारमात्र सञ्‍चालनमा आएको थियो। तर, मंगलबार रातिबाट लोकमार्ग पुन: अवरुद्ध भएको हो।जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीका अनुसार कुश्मा नगरपालिका–८ चुवाको चाइना चोक नजिकै मंगलबार राति पौने ९ बजेति

मध्यपहाडी राजमार्ग अवरुद्ध

काठमाडौं। ठाउँठाउँमा बाढी र पहिरो झर्दा मध्यपहाडी लोकमार्गको पर्वत खण्ड गए रातिदेखि नै अवरुद्ध बनेको छ। पर्वतको कुश्मा नगरपालिका–८ सुन्दरेखोलामा बाढी, वडा नं ४ को छमर्केमा पहिरो र गिलमेरी खोला आएको बाढीका कारण सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। अत्यधिक वर्षाका कारण तत्काल सडक खुलाउन समस्या भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।