काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल) समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेको छ । शनिबार पेरिसडाँडामा पत्रकार सम्मेलन गरी संघर्षका कार्यक्रम घोषणा गरेको हो ।
पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ नेतृत्वको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले दोस्रो चरणका आान्दोलनका कार्यक्रम घोषणा गर्दै वडास्तरसम्म कार्यक्रम गर्न जनाएको हो । समितिले पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको हो।
जसअन्तर्गत पुस २० गतेसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम, पुस २५ गतेसम्म सबै प्रदेश, जिल्ला, पालिका र वडामा संघर्ष समिति बनाउने, त्यस्तै पुस २१ गते संघीय राजधानी र विभिन्न सहरमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया गर्ने, पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया, पुस २४ गते सबै जिल्ल प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्रकमा साथमा संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन आग्रह गर्ने लयायत छन् ।
माघ २३ गते राजधानीमा बृहत् विरोध सभा गर्ने नेकपाले जनाएको छ ।