काठमाडौँ,१९ फागुन । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैँडाकोटमा रहेको श्रीयोगी नरहरिनाथ अध्यात्म विज्ञानगीता पाठशाला समावेशी समुदायका व्यक्तिलाई अध्यापन गराउने नमुना पाठशालाका रुपमा परिचित छ । समाजमा ब्राह्मण समुदायले मात्र अध्ययन गर्ने भन्ने मान्यता बोकेको संस्कृत विषयमा अहिले विभिन्न जातजातिको पनि आकर्षणको विषय बन्न थालेको छ । गैँडाकोटको श्रीयोगी नरहरिनाथ आश्रममा विभिन्न जातजातिका विद्यार्थीले संस्कृत शिक्षा पढिरहेका […]