काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा ज्ञापनपत्र बुझाएका छन्।आईतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर ज्ञापनपत्र बुझाएका हुन् । कार्यक्रममा बोल्दै डा केसीले,शक्तिको आडमा जिम्मेवार पदाधिकारीको संरक्षणमा भ्रष्टाचारजन्य कार्यबाट अकूत सम्पत्ति आर्जन गरी अस्वभाविक जीवनशैली देखाएका न्यायाधीशको सम्पत्ती अपरादर्शी देखिएकोले छानबिनको माग गरेका हुन्।