झापा : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले देशभरका कुनै पनि मतदान केन्द्रमा पुनः मतदान गर्नुपर्ने स्थिति आउन नदिने गरी निर्वाचन सम्पन्न गराउने तयारीका साथ निर्वाचन आयोग अघि बढेको बताएका छन्।४ मंसिरमा हुने प्रतिनिधि र प्रदेशसभा सदस्यको निर्वाचनका सन्दर्भमा आइतबार झापाको बिर्तामोडमा निर्वाचन आयोग, नेपाल र नेपाल कानुन समाजले आयोजना गरेको ‘निर्वाचन आचारसंहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका” विषयक कार्यक्रमको उद्घाटन सत्रमा प्रमुख आयुक्त थपलियाले यस्तो बताएका हुन