गठबन्धनलाई विजयी गराउन प्रधानमन्त्रीको आग्रह, बागी उम्मेदवारी फिर्ता लिन अपिल

काठमाडौँ : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा गठबन्धन दललाई विजयी गराउन आम मतदातालाई आग्रह गरेका छन्।बिहीवार विज्ञप्ति जारी गरी देउवाले लोकतन्त्रविरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न पाँचदलीय गठबन्धन बनेको भन्दै यसको पक्षमा मतदान गर्न आग्रह गरेका हुन्। ‘पाँच दलका बिचमा देशभर नै स्थानीय अवस्था अनुसार चुनावी तालमेल गर्ने र संविधान विरोधी तथा लोकतन्त्र विरोधी प्रवृत्तिलाई निर्वाचनको माध्यमबाट परास्त गरी स्थानीय तहका निकायसम्म लोकतान्त्र