चितवन : नेपाली कांग्रेसको १४ औँ महाधिवेशन नजिकिँदै गर्दा चितवन कांग्रेसमा पनि चुनावको सरगर्मी बढ्दै गएको छ। चितवन कांग्रेसले भदौ २१ गते वडास्तरको निर्वाचन गर्दै छ।यहीबेला कांग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालाविरुद्ध बागी उम्मेदवारी दिएर कारबाहीमा परेका कांग्रेस चितवनका पूर्वसभापति विकास कोइरालाको कारबाही फुकुवा गर्न आवाज उठेको छ।पूर्व-सभापति विकास कोइरालाले पाएको सजाय पूरा भएको भन्दै उनको कारबाही फुकुवा गर्न तरुण दल चितवनले माग गरेको छ।यद्यपि, चितवन कांग्रेसले विकास कोइरालाको कारबाही फ