काठमाण्डाै - बाढी पहिरो तथा डुबान प्रभावित क्षेत्रमा कोरोना भाइरससँगै सरुवा रोगको जोखिम रहेकाले सतर्कता अपनाउन विज्ञले सुझाव दिएका छन् ।
प्रभावित क्षेत्रमा सामूहिक रुपमा बस्ने हुँदा सङ्क्रमणको जोखिम धेरै हुने डाक्टरले बताएका छन् । जनस्वास्थ्यका मापदण्ड पालना हुन नसक्दा कोरोनासँगै झाडापखाला, आउँ, हैजालगायत पानीजन्य रोग फैलने जोखिम हुने स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर कृष्णप्रसाद पौडेलले बताउनुभयो ।
दूषित पानी तथा खानाका कारण हुने रोगबाट बच्न, सफा पानी र शौचालयको प्रयोग गर्नुपर्ने डाक्टर पौडेलको सुझाव छ । स...