विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले विश्वव्यापीरूपमा कोभिड–१९ संक्रमण र कोभिडजन्य मृत्युदर घटेको बताए तापनि भारत र दक्षिण कोरियामा भने संक्रमितहरूको संख्यामा उल्लेखनीय कमी आएको छैन।बुधबार मध्यरातसम्मको विवरणलाई समावेश गरेर कोरियाली स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको सूचनामा ७२ हजार पाँच छ सय ४६ जना नयाँ संक्रमित थपिएका जनाइएको छ।मंगलबार मध्यरातसम्म कोरियामा ८५ हजार पाँच सय ४० जना नयाँ संक्रमित थपिएका थिए। हाल दक्षिण कोरियामा कोभिड–१९ संक्रमितको कूल संख्या दुई करोड ३८ लाख ६४ हजार