भक्तपुरः महानगरीय प्रहरी परिसर भक्तपुरले लागूऔषधका रूपमा लिइने विभिन्न नामका औषधिहरू अवैध रूपमा बिक्री गर्ने दुई फार्मेसी शिलबन्दी गर्दै सञ्चालकसहित प्रयोगकर्तालाई पक्राउ गरेको छ।
चिकित्सकको अनुमति नभई बिक्री गर्न नपाइने औषधिहरू लागूऔषधका रूपमा प्रयोग गर्ने युवाहरूलाई बिक्री गरेको भन्दै फार्मेसी सञ्चालक र खरिदकर्तासहित पाँच जनालाई बिहीबार साँझ पक्राउ गरेको