बोर्ड अध्यक्ष हमालले गरे ७ बुँदे प्रतिवद्धता, बुक विल्डिङलाई अन्तर्राष्ट्रिय प्रविधि

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बोर्डको वार्षिकोत्सवको अवसरमा विभिन्न ७ वटा प्रतिवद्दता जनाएका छन् । उनले धितोपत्र बजार तथा वस्तु विनिमय बजारको नियमन निकायका रूपमा रहेको नेपाल धितोपत्र बोर्डले, आफ्नो स्थापनाकालको २९औं वर्ष पूरा गरी ३० औं वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा बोर्डलाई आजको यस स्थानमा ल्याउन योगदान गर्ने मन्त्री, सचिव, बोर्डका पूर्व अध्यक्ष तथा सदस्यहरू, वर्तमान बोर्ड सदस्यहरू, कर्मचारी , धितोपत्र बजार तथा व्यवसायी, सूचीकृत कम्पनी, सञ्चारकर्मी, लगानीकर्ता र सम्पूर्ण शुभेच्छकप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दै ७ बुँदे प्रतिवद्दता जनाएका हुन् ।यस्ता छन् उनको प्रतिवद्धता : १. समग्र धितोपत्र बजारको विकास तथा सन्तुलनका लागि नियामकीय क्षमता क्रमशः जनशक्ति सबलीकरण नियमन क्षमता र सुपरिवेक्षणमा प्रविधिको प्रयोगमा जोड दिने नीति रहेको छ । २. लगानीकर्ताहरूको हकहित संरक्षणका लागि धितोपत्र सम्बन्धी कानुन विपरीत कार्य गर्ने संस्था तथा व्यक्तिलाई तत्कालमा कारबाहीको दायरामा ल्याउनुका साथै बोर्डका कार्यलाई उच्च प्रविधियुक्त तथा सूचना प्रविधिमैत्री बनाउने र विश्व स्तरीय प्रविधि एवं प्रविधि सञ्चालनमा चाहिने जनशक्ति तयार गरी सुपरिवेक्षण प्रणालीलाई Artificial Intelligence मा आधारित RegTech मार्फत चुस्त दुरुस्त बनाई बजारमा हुनसक्ने चलखेल एवं अनुचित क्रियाकलापलाई निरुत्साहन गरिनेछ । ३. बुक बिल्डिङ प्रणाली दिगो एवं पारदर्शी रूपमा सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय रूपमा प्रयोगमा रहेको Automated Electronic Auction System तयार गरी दिगो र स्थापित वास्तविक क्षेत्रका कम्पनीहरूलाई धितोपत्र बजारमा भित्र्याइने छ। ४. उद्यमी तथा नवप्रवर्तकका लागि प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि अनुमति पत्र प्रदान गर्ने एवं साना तथा मझौला उद्यमहरूको धितोपत्र कारोबारका लागि एसएमईजका लागि आवश्यक व्यवस्था मिलाई व्यावसायिक कृषिजन्य उद्यमलाई पुँजी बजारमा आबद्ध गरिनेछ ।५. वस्तु विनिमय बजार सञ्चालन व्यवस्था मिलाउनुका साथै बजारको प्रभावकारी नियमन, सुपरिवेक्षण तथा व्यवस्थापनका लागि आवश्यक कानुनी संरचनाको विकास तथा सुदृढीकरण गरिनेछ । ६. बजार सहभागीहरूलाई व्यावसायिक बनाई स्तर अभिवृद्धि र कार्य क्षेत्र विस्तार गर्ने र बजार सम्बन्धी जनचेतना अभिवृद्धि सहित समष्टिगत वित्तीय साक्षरता सुदृढ गर्ने नीति लिइनेछ ।७. समग्रमा बजारको विकास तथा विविधीकरण गर्ने, कानुनी संरचनामा सुधार गर्ने, संस्थागत तथा नियमन क्षमता सबलीकरण गर्ने, अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण मार्फत स्वच्छ, प्रतिस्पर्धी एवं विश्वसनीय धितोपत्र बजार तथा वस्तु विनिमय बजारको विकास तथा विस्तार गर्ने कार्य बोर्डको भावी प्राथमिकतामा रहेको छ । 

सम्बन्धित सामग्री

ब्रोकर शाखा विस्तारका लागि अब निवेदन दिएको २१ दिनभित्रै अनुमति दिइने

शेयरबजारको पहुँच वृद्धि गर्दै ब्रोकर कार्यालयहरूले शाखा विस्तार गर्न चाहेमा सहजै अनुमति पाउने व्यवस्था गर्ने नेपाल धितोपत्र बोर्ड अध्यक्ष रमेश हमालले बताएका छन् ।

२ महिनाभित्रै विदेशमा बस्ने नेपालीलाई आईपीओमा कोटा : अध्यक्ष हमाल

२३ वैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले २ महिनाभित्रै विदेशमा रहेका नेपाली श्रमिकले साधारण सेयर (आईपीओ)मा कोटा दिने व्यवस्था गरिने बताएका छन् । यसका लागि कार्यविधि बनिरहेको हमालले बताए । बोर्ड अध्यक्ष नियुक्त भएको शुक्रबार ७६ दिन भएको भन्दै उनले भने, ‘मेरो कार्यकाल छोटो भएकोले मैले दिन गनेर काम गरिरहेको छु, म […]

भित्री कारोबार भएमा कारबाही गर्नेछु : धितोपत्र बोर्ड अध्यक्ष

सेयर बजारमा भित्री कारोबार भएको थाहा पाएमा कसैले पनि उन्मुक्ति नपाउने धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले बताएका छन् । सोमबार बोर्डमा आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नो कार्यकाल रहुन्जेल भित्री कारोबारको घटना...

घरजग्गासहित ठूला कम्पनीलाई शेयर बजारमा समावेश गरिन्छ : बोर्ड अध्यक्ष हमाल

काठमाण्डाै – नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले धेरै नाफा कमाउने रियल स्टेट अर्थात् घरजग्गा व्यवसायमा संलग्न कम्पनीहरूलाई शेयर बजारमा समावेश गराइने बताउनुभएको छ । काठमाण्डौमा आज साेमवार भएको पत्रकार सम्मेलनमा उहाँले घरजग्गा कम्पनीहरूलाई बुक विल्डिङबाट आईपीओ जारी गर्न दिएर पुँजी बजारमा ल्याउने बताउनुभयो । अध्यक्ष हमालले घरजग्गा कारोबार गर्ने कम्पनीहरू नेप्सेमा आए बोर्डले सहजीकरण गर्न तयार रहेको बताउनुभयो । उहाँले नेपालमा सरकारलाई राजस्व तिर्ने १२ सयभन्दा धेरै कम्पनी नै नेप्सेमा सूचीकृत नभएकाले त्यस्ता कम्पन...

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

काठमाडौं : नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गरेका छन्। आइतवार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गरेका हुन्।पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताएका छन्। उनले साना लगानीकर्ताको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाए। अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र सबैलाई एउटै प्रकारको नियमन गर्ने नियमकको भूमिका आफूले निर्वाह गर्ने बताए।गत बिह

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष रमेश हमालले पदभार ग्रहण गर्नुभएको छ । आइतबार हमालले पूँजीबजारको नियमनकारी निकाय धितोपत्र बोर्डको कार्यालय खुमलटारमा पुगेर पदभार ग्रहण गर्नुभएको हो । पदभार ग्रहण गर्दै अध्यक्ष हमालले साना लगानीकर्तालाई बचाउने उद्देश्य लिएर बोर्डमा आएको बताउनुभएको छ । अध्यक्ष हमालले शेयर बजारलाई स्वाच्छ र पारदर्शी रुपमा विकास गराउन र […]

धितोपत्र बोर्ड अध्यक्ष हमालद्वारा पदभार ग्रहण

नेपाल धितोपत्र बोर्ड (सेबन)का नवनियुक्त अध्यक्ष रमेशकुमार हमालले पदभार ग्रहण गरेका छन् । अर्थमन्त्री जनार्दन शर्माले कसैको प्रभावमा नपरी स्वतन्त्र रूपमा काम गर्न आग्रह गर्दै उनलाई पदभार ग्रहण गराएका हुन् ।शुक्रबार अर्थ मन्त्रालयमा शपथ गराउँदै उनले पुँजी बजारलाई सुधारका लागि स्वतन्त्र भएर काम गर्नसमेत आग्रह गरे । पुँजीबजारको सुधारका लागि धेरै काम गर्न बाँकी काम रहेको मन्त्री शर्माले स्मरण गराएका थिए ।उनले धितोपत्र बोर्ड र नेप्सेबीचको अन्तरसम्बन्धलाई नियमनकारीको भूमिका र व्यवहारिक रूपमा पनि सुदृढ