पाल्पा – रामपुरमा रहेको तालपोखरा यति बेला पाल्पा घुम्न जाने पर्यटकको प्रमुख आकर्षक गन्तव्य बनेको छ । बिदाको अवसरमा घुम्न जानेदेखि बाहिरी जिल्लाबाट शैक्षिक अवलोकन भ्रमणमा पुग्ने जोकोहीको रोजाइमा परेसँगै तालपोखरामा पुग्ने पर्यटकको सङ्ख्यासमेत बढ्न थालेको छ । फेवातालको भल्को मेटाउने तालपोखरा दुई दशक अगाडिसम्म सानो पोखरीमा सीमित थियो । तालपोखराको क्षेत्र विस्तार गरी कास्कीको फेवातालको स्वरूप र शैलीमा पूर्वाधार निर्माण गरिएसँगै अहिले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको हो । तालपोखरालाई लुम्बिनी प्रदेश सरकारले एक सय ...