न्यायपरिषदले विभिन्न जिल्लाका १९७ जना न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीश समेत परेका छन् । निर्वाचन आउन एक साता बाँकी रहँदा परिषदले यस्तो निर्णय गरेको हो । परिषदले ७७ न्यायाधीशलाई आगामी मंसीरको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनका लागि निर्वाचन अधिकृतमा सिफारिस गरेको छ भने १० जना न्यायाधीशको नाम जगेडाको सूचीमा राख्न सिफारिस गरेको छ ।