काठमाडौँ- अछामका जिल्ला न्यायाधीश नवीनकुमार जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अछामका जिल्ला न्यायाधीश जोशीलाई आइतबार सर्वोच्च अदालतमा काज सरुवा गरेका हुन्। बलात्कार मुद्दाकी पीडितले बयान फेरेको भन्दै कानुनमै नभएको सजाय सुनाएका जोशीलाई सर्वोच्च अदालतमा सरुवा गरिएको हो। जिल्ला न्यायाधीश जोशीको इजलासले गत चैत १४ गते अछाम रामारोशनका नन्दराम खनाललाई बलात्कारको […]