काठमाडौं । न्याय परिषदले ३६ जना जिल्ला न्यायाधीशहरुको नियुक्ति गरेको छ । परिषदको मंगलबार बसेको बैठकले आन्तरिक, खुल्ला एवम् अन्य प्रक्रियाबाट उनीहरुको नियुक्ति गरेको हो । त्यस्तै, परिषदको बैठकले उच्च अदालत पोखराका न्यायाधीश रमेश प्रसाद राजभण्डारीलाई उच्च अदालत विराटनगरका लागि सुरुवा सिफारिस गरेको छ । त्यस्तै, १८ जिल्ला न्यायाधीशहरुको पनि सरुवा सिफारिस गरिएको छ । […]