सक्रिय संक्रमितमध्ये ६८ प्रतिशत वाग्मतीमा मात्रै, अरु प्रदेशमा कस्तो छ हालत?

काठमाडौं : कोरोना भाइरसको शक्तिशाली भेरियन्ट 'ओमोक्रन' फैलिएसँगै देशभर संक्रमण दर ह्वात्तै बढेको छ। दैनिक हजारौंमा संक्रमण पुष्टि भइरहँदा अस्पतालमा पनि बिरामीहरुको चाप बढ्दै गएको छ। हाल देशभर २५ हजार ६ सय ८० जना सक्रिय कोरोना संक्रमित छन्। स्वास्थ्य मन्त्रालयका अनुसार सक्रिय संक्रमित मध्ये अधिकांश घरमा 'आइसोलेसन'मा रहेका छन्। माघ…

सम्बन्धित सामग्री

मनसुनी वर्षा सुस्त : मुलुकभर ६८ प्रतिशत रोपाइँ

काठमाडौं । मुलुकमा जारी मनसुनी वर्षा केही सुस्त देखिएको छ । यस वर्षको वर्षा याममा कम पानी परेका कारण धान रोप्न किसानलाई समस्या भएको छ । पछिल्लो एक सातादेखि मनसुनी वर्षा पर्याप्त मात्रामा भएको छैन । भेगीय हिसाबले केही स्थानमा भारी वर्षा भए पनि देशभर निरन्तर वर्षा नहुँदा धान रोपाइँ प्रभावकारीरुपमा भएको छैन । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलका अनुसार कृषि विभागको यही साउन ५ गतेसम्मको तथ्याङ्कअनुसार मुलुकभर ६८ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । विसं २०७९ साउन ५ गतेसम्म ८८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । गत वर्षको भन्दा यस वर्ष सो अवधिमा २० प्रतिशत कम रोपाइँ भएको देखिन्छ । विशेषगरी मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा मनसुन ढिला सुरु भएका कारण धान रोपाइँ कम भएको विभागले उल्लेख गरेको छ । जल तथा मौसम विज्ञान विभाग मातहतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । यही कारणले तुलनात्मकरुपमा कम वर्षा भएको महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले बताए । “अहिले मनसुन ब्रेकको अवस्था छ, वर्षाका क्रममा केही कमी आएको छ, वर्षा नै नहुने भन्ने त हैन तर, विगतका दिनको तुलनामा कम वर्षा हुने देखिन्छ”, उनले भने । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकोभन्दा दक्षिणतिर रहेकाले वर्षा कम भएको उनको भनाइ छ । महाशाखाकै अर्का मौसमविद् रोजन लामिछानेले पनि मनसुनी वर्षा पर्याप्त नहुँदा धान रोप्न किसानलाई समस्या भएको उल्लेख गरे । “मनसुन वर्षा सरदर भन्दा केही कमजोर देखिएको छ । हरेक वर्ष मनसुनको एउटै ‘प्याट्रन’ हुदैन । तर, यो वर्ष मनसुन केही कमजोर देखिएको छ, अझै दुई/तीन दिन वर्षा राम्ररी हुने अवस्था देखिँदैन”, उनले भने। मनसुन कमजोर रहे पनि खण्डितरुपमा मुलुकभर वर्षा भइरहेको मौसमविद् लामिछानेको भनाइ छ । कृषि विभागको विवरणमा कर्णाली प्रदेशमा विशेषगरि लम्पी स्कीन रोगका कारण गोरुको अभाव भई रोपाइँ थोरै प्रभावित भएको जानकारीमा आएको विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा रोपाइँ करिब सकिएको छ । विस्तारै मनसुन सक्रिय भइरहँदा, रासायनिक मलको उपलब्धता सुनिश्चित हुँदा र लम्पी स्कीन रोगको प्रभाव कम हुँदै जाँच्दा धान रोपाइँ हुने प्रतिशत क्रमशः बढ्दै जाने विभागको अपेक्षा छ । मध्यतराईमा साउन मसान्तसम्म नै रोपाइँ हुने गरेका सन्दर्भमा साउन मसान्तसम्ममा ९० देखि ९५ प्रतिशतसम्म रोपाइँ हुने अनुमान गरिएको विभागले उल्लेख गरेको छ । मनसुनी वर्षा ३७ प्रतिशत मात्रै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको हावापानी विश्लेषण शाखाका अनुसार जारी मनसुनमा हालसम्म देशभर ३७ प्रतिशत मनसुनी वर्षा भएको छ । शाखाका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार जुन १ देखि जुलाई २१ तारिखसम्म देशभर सरदर पाँच सय ३८ दशमलव दुई मिलिमिटर वर्षा भएको छ । जुन सरदर वर्षाकै हाराहारीमा छ । पुरै मनसुन अवधिभर अर्थात् चार महिनामा नेपालमा एक हजार चार सय ६२ मिलिमिटर वर्षा हुन्छ । यस वर्षको मनसुन गत जेठ ३१ गतेदेखि नेपालमा प्रवेश गरेको थियो । नेपालमा सरदर जुन १३ देखि अक्टोबर २ तारिखसम्मको अवधिलाई मनसुन मानिन्छ । यसअघि विगतका वर्षभन्दा यो वर्ष मनसुनी वर्षामा हुने प्रक्षेपण गरिएको थियो । यसैबीच महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । सबै प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना छ । आजराति पनि सबै प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एक/दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको तराई भूभागका थोरै स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ ।  महाशाखाको पछिल्लो विवरणमा सबैभन्दा धेरै दिपायलमा ५१ र पोखरामा ४४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा मात्र चार मिलिमिटर वर्षा मापन गरिएको छ । रासस

फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत उत्तीर्ण

काठमाडौँ। नेपालमा संचालित कतिपय फार्मेसीहरु किराना पसल अर्थात् परम्परागत पेशा जस्तो हुँदै गएको अवस्थामा नेपाल सरकारले लाईसेन्स लिएर मात्र फार्मेसी संचालन गर्न बर्षौ देखि कडाई गर्दै आएको अवस्थामा नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् । शनिवार नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा भएको परीक्षामा […]

फार्मेसी सहायकको लाइसेन्स परीक्षामा ६८ प्रतिशत पास

नेपाल फार्मेसी परिषद्ले शनिबार लिएको फार्मेसी सहायकको नाम दर्ता (लाइसेन्स) परीक्षामा ६८ प्रतिशत उत्तीर्ण भएका छन्।

रुपन्देहीमा ६८ प्रतिशत मत खस्यो

जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका अनुसार कुल मतदाता संख्याको करिब ६८ प्रतिशत मत खसेको हो। जिल्लामा ६ लाख ३८ हजार ९५२ मतदाता छन्।...

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : युनिसेफ

दक्षिण अफ्रिकाका करिब ६८ प्रतिशत युवाहरूले विद्यालय र काम गर्ने स्थानदेखि सामुदायिक स्थलहरूमा  समेत आफूहरूविरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्साजस्तै भएको गुनासो गरेका छन्। संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ)ले शुक्रबार...

जहाँ ६८ प्रतिशत युवाहरू भेदभावको शिकार छन् …

३ मंसिर, प्रिटोरिया । दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि काम गर्ने स्थान र सामुदायिक स्थलहरूमा समेत आफूहरू विरुद्ध भेदभाव हुनेगरेको गुनासो गरेका छन् । उनीहरूले भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको बताएको संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका […]

दक्षिण अफ्रिकाका ६८ प्रतिशत युवाहरू भेदभावको शिकार : संयुक्त राष्ट्रसंघ

दक्षिण अफ्रिकाका लगभग ६८ प्रतिशत युवाहरूले विद्यालयदेखि  काम गर्ने स्थानदेखि लिएर सामुदायिक स्थलहरूमा  समेत आफूहरू विरुद्ध हुने भेदभाव जीवनको एक नियमित हिस्सा जस्तै भएको गुनासो गरेका छन् ।  संयुक्त राष्ट्रसंघ बाल कोष (युनिसेफ) ले शुक्रबार एक प्रतिवेदन सार्वजनिक गर्दै सो कुरा जनाएको छ । उमेर, लिङ्ग, शिक्षा, आम्दानी र छालाको रङ्गका कारण भेदभाव हुने गरेको  प्रतिवेदनमा उल्लेख गरिएको छ । यो प्रतिवेदन नोभेम्बर २० मा मनाइने विश्व बाल दिवसको केही अगाडि मात्र जारी गरिएको हो।प्रतिवेदनक

मोरङमा करिब ६८ प्रतिशत मत खस्यो

मोरङ – स्थानीय तह निर्वाचनमा मोरङ जिल्लामा करिब ६८ प्रतिशत मत खसेको छ। विराटनगरस्थित निर्वाचन कार्यालय प्रदेश १ का प्रमुख लेवन कश्यप अधिकारीका अनुसार शुक्रबार जिल्लाका सबै पालिकामा शान्तिपूर्ण मतदान कार्य सम्पन्न भएको छ। मोरङमा कुल मतदाता संख्या ७ लाख १५ हजार २ सय २३ रहेको छ। जसमा ३ लाख ६३ हजार ४ सय ४८ […]

६८ प्रतिशत नेपालीमा कोरोनाको एन्टिबडी !

काठमाडौँ– सरकारले गरेको एक सर्वेक्षणले आधाभन्दा धेरै नेपालीमा कोरोना भाइरसको एन्टिबडी रहेको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गर्दै गत असार २१ गतेदेखि साउन ३० गतेसम्म गरिएको सर्वेक्षणमा ६८. ६ प्रतिशतमा कोरोना भाइरसको एन्टिबडी भएको पुष्टि भएको जनाएको छ । सर्वेक्षणमा ६ महिनाका बालकासमेत १३ हजार १६१ जनाको नुमना […]