पाल्पामा पर्यटकीयस्थलको निर्माण तथा पुनःनिर्माणको कामको थालनीले स्थानीय युवालाई रोजगार मिलेको छ । स्थानीय तहले विकासनिर्माणका कामलाई जोड दिँदै आआफ्ना तवरले प्रधानमन्त्री युवा स्वरोजगार कार्यक्रमलाई अगाडि बढाइरहँदा निस्दी गाउँपालिका, रामपुर र तानसेन नगरपालिकालगायतले भने कोरोना संकटमा गरिएको बन्दबन्दीमा पनि पर्यटन पूर्वाधार विकासलाई जोड दिएका छन् ।
अन्य क्षेत्रका युवालाई कच्ची मोटरबाटो निर्माण तथा सरसफाइ एवं जङ्गलमा झाडी फँडानी, खेलमैदान र नालीनिर्माणलगायत काममा परिचालन गरिए पनि महत्वपूर्ण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका निम्ति युवालाई निस्दीको लेकडाँडामा पोखरी निर्माणमा खटाइएको गाउँपालिकाले जनाएको छ ।