४७ वर्षदेखि भाडाको घरबाट सेवा दिँदै प्रहरी

पूर्वी नवलपरासीको धौवादीमा रहेको इलाका प्रहरी कार्यालय रुद्रपुर ४७ वर्षदेखि भाडाको घरबाट सञ्चालन भइरहेको छ । जिल्लाको पहाडी क्षेत्र भित्रिने मुख्य नाका धौवादीमा रहेको प्रहरी कार्यालयका प्रहरीले वर्षौंदेखि भौतिक संरचनाको असुविधा खेप्दै आएका छन् । विसं २०३२ मा स्थापित प्रहरी कार्यालयले आफ्नै भवन नहुँदा अहिलेसम्म पनि भाडाको घरबाट नै सेवा प्रवाह गरिरहेको इलाका प्रहरी कार्यालय रुद्रपुरका प्रमुख करमुल्ला धोबीले जानकारी दिए । मासिक चार हजार तीन सय तिरेर भाडाको घरबाट सेवा प्रवाह गर्दै आए पनि सामान्

सम्बन्धित सामग्री

महिला सुरक्षा गृहमा माकुराको जालो

हिंसामा परेका महिलाको पुनस्र्थापनाका लागि करिब १४ लाख रुपियाँ खर्च गरेर निर्माण भएको महिला सुरक्षा गृह माकुराको जालोले घेरिएको छ । सो गृह विगत ११ वर्षदेखि सञ्चालनमा आउन सकेको छैन । हिंसापीडित महिलालाई सुरक्षित ढङ्गले राख्ने स्थानको अभावमा मासिक २४ हजार रुपियाँ तिरेर भाडाको घर प्रयोग भइरहेको छ । बैतडी सदरमुकामस्थित दशरथचन्द नगरपालिका–४, गढीमा हिंसापीडित महिला राख्न सन् २०१२ मा पक्की भवन निर्माण भएको थियो । सो भवनमा खानेपानी, ग्यास चुलो, दाल, चामल र बिस्तारालगायतका सामग्री राखिएको भए पनि भवन सञ्चालनमा नआउँदा माकुराको जालो र झाडीले घेरिएको छ । भवनमा राखिएको दाल, चामल मुसाले खाइदिएको छ ।

आपूर्ति केन्द्रलाई भण्डारण समस्या

कर्णाली प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको भवन निर्माणमा ढिलाइ हुँदा भाडाको घरबाट एक वर्षदेखि सञ्चालन भइरहेको छ। मासिक ४० हजार भाडा तिरेर आपूर्ति केन्द्र सञ्चालन भइरहेको छ। प्रदेश औषधी आपूर्ति केन्द्रका प्रमुख डा. शक्तिप्रसाद सुवेदीका अनुसार भवन नभएकै कारण आपूर्ति केन्द्रको औषधी नेपालगन्जमा स्टोर गर्ने गरिएको हो। भाडाको घर भएकाले आवश्यक उपकरण र औषधी भण्डारण गर्न समस्या हुने गरेको छ।