दाङ : शान्तिनगर गाउँपालिका-५ बैँसामा रहेको हात्तीखाल जनशक्ति प्राथमिक विद्यालयमा चालु शैक्षिक सत्रमा विभिन्न बोर्डिङ स्कुल छाडेर २६ जना विद्यार्थी पढ्न आए। २०५७ सालमा स्थापना भएको विद्यालय कक्षा ५ सम्म सञ्चालन भइरहेको छ।कक्षाकोठा र शिक्षकको अभावले गर्दा विद्यालयमा एउटा कोठामा २ वटा कक्षाका विद्यार्थी पढाउन बाध्य भएको विद्यालयकी शिक्षिका एवं पूर्व-प्रधानाध्यापक रमा बुढाथोकीले बताइन्।अहिले विद्यालयमा ८५ जना विद्यार्थी रहेको उनले बताइन्। विद्यालयमा अहिले ५ वटा को