तिमीले छाडेर गएदेखि अहिलेसम्म मैले तानेका चुरोटका ठुटाहरू जोड्ने हो भने तिनै चुरोटका ठुटाहरूमा पाइला टेकेर पुग्न सकिन्छ कोटेश्वरदेखि कर्णालीसम्म । तिमीले छाडेर गएदेखि अहिलेसम्म मैले पिएका रक्सीका बोतलहरूको चाङ लगाउने हो भने तिनै रक्सीका बोतलहरूलाई भर्याङ बनाएर पुग्न सकिन्छ सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्म । तिमी छाडेर गएदेखि अहिलेसम्म मैले फिटेका तासका पत्ताहरूको खात लगाउने […]