धानबाली भित्र्याएसँगै यतिबेला कृषक मकैबाली लगाउन व्यस्त छन् ।तर, कृषकले नेपालमा नै उत्पादित हाइब्रिड मकैको बीउ पाउन सकेका छैनन् । झापा बिर्तामोड नगरपालिका–३का सुवास महतोविगत ३ वर्षदेखि व्यावसायिक मकै खेती गर्दै आएका छन् । नेपालमा हाइब्रिड मकैको बीउ नपाइएकै कारण महतोले भारतको ठाकुरगञ्जबाट ९१६५ जातको ४५ किलो मकैको बीउ खरिद गरे । महतोले हाइब्रिड मकैको बीउ प्रतिकिलो५ सय ४० रुपैयाँमा खरिद गरेका हुन् ।