नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले दावी गरेको दुई दिनमै मृत्युदावीको रकम भुक्तानी गरेको छ । कम्पनीले दाबी परेको २ दिन मै मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदावीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो ।कम्पनीका अनुसार वि.सं.२०६९ माघ २८ गते दुई लाख बीमाङ्कको बीमा गराएको बीमा लेख नं. १०७०१३६४२ रहेको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो । कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्र मान तुलाधर (ज्ञानु)ले माघ २८ गते बीमितको इच्छाएको व्यक्ति खिल नाथ फुयाललाई मृत्युदावीको चेक रकम हस्तान्तरण गरेका हुन्।