परेको आवेदनमध्येबाट तीन जना सिफारिस गर्नुपर्ने व्यवस्था ऐनमै रहेकाले नेपाल धितोपत्र बोर्ड अध्यक्षमा दुई जना मात्र सिफारिस गर्न नमिल्ने राय महान्यायाधिवक्ताको कार्यालयले दिएको छ । यसअघि अध्यक्ष सिफारिस समितिले मागेको रायको जवाफ दिँदै मंगलबार महान्यायाधिवक्ता कार्यालयले कार्ययोजना प्रस्तुति तथा अन्तर्वार्तामा उपस्थित दुई जनामात्र पठाउन नमिल्ने राय दिएको हो ।