काठमाडौं, जेठ २ । सरकारले २५६६ औं बुद्ध जयन्तीका अवसरमा नेपाल भ्रमण गर्न लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाका लागि कमान्ड गर्ने जिम्मेवारी नेपाली सेनालाई दिएको छ। सोमबार नेपाल भ्रमणका क्रममा हेलिकोप्टरबाट बुद्धको जन्मस्थल लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री मोदीको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको हो। गृह मन्त्रालयका अनुसार सेनाको संयोजनमा सबै सुरक्षा निकायका अधिकारीहरू […]