सरकारले स्थापना गरेको राष्ट्रिय साइबर सुरक्षा केन्द्रको भवन र अन्य पूर्वाधार व्यवस्थापन नहुँदा कर्मचारीहरू अन्योलमा परेका छन् । केन्द्रमा नियुक्ति पाएका कम्प्युटर इन्जिनियर र अन्य अधिकारीहरू करिब दुई महिनादेखि कार्यालय स्थापना गर्न घर खोज्दै हिँडेका छन् । केन्द्रका लागि चालु आर्थिक वर्षमा वार्षिक बजेट नछुट्याइएकाले कसरी त्यसको व्यवस्थापन गर्ने भन्नेमा पनि केन्द्र नेतृत्व अलमलमा छ ।