स्वास्थ्य मन्त्रालयले गर्यो स्वास्थ्यकर्मीको स्तरवृद्धि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ जना चिकित्सक र नर्सको स्तरवृद्धि गरेको छ । स्तरवृद्धि भएका १३ स्वास्थ्यकर्मीमध्ये ११ जना चिकित्सक भने दुई जना नर्स रहेका छन् । स्वास्थ्य सेवा ऐन २०५३ चौथो संशोधनको दफा ९ (१) का आधारमा स्वास्थ्यकर्मीको स्तरवृद्धि गरिएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले बताए ।यी हुन् स्तर वृद्धि हुने हुने स्वास्थ्यकर्मी डा.अन्जल विष्ट, डा.खगेन्द्रजैन साह, डा.कल्याण सापकोटा, डा. जया सत्याल, वरिष्ठ अस्पताल नर्सिङ प्रशासक बाला राई, वरिष्ठ  डा.झुलाराम

सम्बन्धित सामग्री

४ सय ५ जना नर्सिङ कर्मचारीको स्तरवृद्धि

देशभरका स्वास्थ्य सेवामा रहेका चार सय ५ जना नर्सिङ कर्मचारीको बढुवा गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सूचना जारी गरी ४ सय ५ जना स्वास्थ्यकर्मीको स्तरवृद्धि भएको जानकारी दिएको हो ।स्वास्थ्य सेवा विभागले सूचना जारी गरी  २०७९  साल असार महिनामा दर्ता भई कैफियत रहेका अनमी सहायक चौथोबाट सीअनमी पाँचौँ तहमा बढुवा भएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।बढुवा भएका कर्मचारी सूची :

स्वास्थ्य सेवा विभागले गर्‍यो ६६ जना कर्मचारीको स्तरवृद्धि बदर

काठमाडौं । स्वास्थ्य सेवा विभागले पाँचौं तहबाट छैटौँ तहमा स्तरवृद्धि भएका ६६ जना कर्मचारीको स्तरवृद्धि बदर गरेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असार २८ गरेको सचिवस्तरको राय तथा विभागको सोही दिनको निर्णयअनुसार स्तरवृद्धि बदर गरिएको विभागले जनाएको छ ।  विभागले गत पुस २८ को निर्णयअनुसार ती कर्मचारीको स्तरवृद्धि गरेको थियो ।  यी हुन्...

स्तर वृद्धिको पर्खाइमा जिल्ला अस्पताल सल्यान

कात्तिक १३, सल्यान । ग्रामीण क्षेत्रका जनताको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउने उद्देश्यले सञ्चालन भइरहेको जिल्ला अस्पताल सल्यानको स्तर वृद्धि हुन सकेको छैन ।  १५ शय्याको अस्पतालको रुपमा मान्यता प्राप्त भएको झण्डै चार दशक पूरा भएको छ । तर यसको स्तर वृद्धि गरेर ५० शय्याको बनाउनको लागि सरोकारवालाहरुले एक दशकयता पहल गरिरहेका छन् ।  जिल्लाका सरोकारवाला निकायहरुले गरेको पहलले सार्थकता पाउन सकेको छैन । अस्पतालको स्तर वृद्धिका लागि आवश्यक भौतिक पुर्वाधार तयार पार्न स्थानीय, प्रदेश र केन्द्र सरकारले चासो देखाएपनि स्वास्थ्य मन्त्रालयले जिल्ला अस्पतालको स्तर वृद्धिको स्वीकृति नदिँदा समस्या भएको जिल्ला अस्पताल स्रोतले जानकारी दिएको छ ।  जिल्ला अस्पतालमा अहिले बिरामीको चाप छ । दैनिक १५० देखि २०० जना सम्म बिरामी आउँछन् । जटिल र सामान्य गरेर मासिक १५० बढी सुत्केरी हुन्छन् । अस्पतालमा अप्रशेन देखि दन्त सेवा समेत सञ्चालन छ । अस्पतालले १५ शय्याको मान्यता पाएपनि आकस्मिक र अन्य गरेर ४० शय्यामा सञ्चालन भइरहेको छ । यसै वर्षदेखि ३३ करोडको लागतमा नयाँ भवन निर्माण शुरु गर्ने तयारी गरिएको छ ।  अहिलेका संरचनाबाट नै तत्कालका लागि ५० शय्याको अस्पताल सञ्चालन गर्न सकिने र थप पुर्वाधारहरु निर्माणका लागि सहयोगी निकायले चासो दिईरहेकाले मन्त्रालयले अस्पतालको स्तर वृद्धिको निर्णय गरिदिए जिल्लावासीले सहज स्वास्थ्य सेवा पाउने स्वास्थ्यकर्मीहरुको भनाइ छ । अस्पतालमा दरबन्दी अनुसारका स्वास्थ्यकर्मी नहुनु र १५ शय्याको अस्पताललाई ४० शय्यामा सञ्चालन गर्दा स्वास्थ्यकर्मीलाई भ्याइ नभ्याइ भएको अस्पतालका डा. प्रदिप शर्माले बताए ।  अस्पतालको स्तरवृद्धि नहुँदा समस्या भइरहेको उनको भनाइ छ । ‘जिल्ला अस्पतालमा सेवा लिनको लागि रोल्पा, रुकुम, जाजारकोटबाट समेत आउनुहुन्छ, यहाँ बिरामीको चाप नै हुन्छ, अस्पताल १५ शय्याको मात्रै भएकाले त्यही अनुसारको जनशक्ति छ, तर हामीले ४० शय्यामा सञ्चालन गरिरहेका छौँ’ उनले भने ‘उपचारका लागि यहाँ आएका बिरामीहरुलाई सकेसम्म यहीबाट नै निको बनाएर उठाउने हाम्रो प्रयास छ ।’  दोस्रो लहरको कोरोनाको उच्च जोखिमको समयमा भने झण्डै ७० बेड मार्फत सेवा प्रवाह गरिएको थियो । जिल्ला अस्पतालले ५० शय्याको मान्यता पाएमा स्वास्थ्यकर्मीको दरबन्दी बढ्ने, भौतिक संरचना थप निर्माण हुने तथा सेवा थप बिस्तार हुने र जसले गर्दा स्वास्थ्यकर्मीको अभाव, भवन अभाव जस्ता समस्या झेल्नु नपर्ने अस्पताल स्रोतले बताएको छ । स्वास्थ्य सेवा कार्यालय सल्यानका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक दशरथ श्रेष्ठले प्रदेश सरकारले पठाएका भेन्टिलेटर र आईसीयूका सामान प्रयोग बिहीन भएको बताए । तालिम प्राप्त जनशक्ति अभाव, भवन अभाव, सामान अपुग जस्ता कारण अस्पतालमा ६ शय्याको भेन्टिलेटर र १४ शय्याको आईसीयू सञ्चालन गर्न नसकिएको उनको भनाइ छ । जिल्ला अस्पतालमा डाक्टर देखी कार्यालय सहयोगी सम्म गरेर ६५ जनाको दरबन्दी हो । अस्पतालमा ८ चिकित्सकको दरबन्दी भए पनि अहिले ४ जना कार्यरत छन् । ती सबै करारका हुन् । अस्पतालमा सबै गरेर १५/२० जना भन्दा बढी स्थायी कर्मचारी छैनन् । ‘लामो समयदेखि लोकसेवा खुल्न नसक्दा स्थायी कर्मचारी आउन नसकेको होलान्’ उनले भने ‘तर हामीले दरबन्दी अनुसारको स्वास्थ्यकर्मी सहितको कर्मचारी हुनुपर्छ भनेर माग गरेका छौँ ।’  अस्पताल व्यवस्थापन समितीका अध्यक्ष चन्द्र प्रकाश ओलीले तत्कालै अस्पतालको स्तर वृद्धि गरिनुपर्ने बताए । यसबारेमा स्थानिय सरकार, प्रदेश सरकार, संघिय सरकार, जिल्लाका नेतृत्वकर्ताहरुलाई घचघच्याउने काम गरिरहेको उनको भनाइ छ ।  १५ शय्याको अस्पताल ४० शय्यामा सञ्चालन भइरहेकोले केही समस्या भएको बताउँदै उनले भने ‘हामीले सेवालाई प्रभावकारी र स्तरीय बनाउनमा ध्यान केन्द्रित गरेका छौँ, ५० शय्याको मान्यता पाए लगत्तै सेवामा थप सुधार हुनेछ ।’

धवलागिरि अस्पतालमा अक्सिजन प्लान्ट निर्माण हुँदै

बागलुङ । धवलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा २ महिना ढिला भएको अस्पतालले बताएको छ । अस्पतालको स्तरवृद्धि गरी २०० शøयाको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र जिल्लाका अन्य अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिनेगरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ शøयालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकैपटक ४७ जना गम्भीर बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो । अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि ३ करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा २ करोड ४० लाखमा उपलब्ध गराउने एक कम्पनीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए । चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ छ । भदौ मसान्तभित्रै काम सम्पन्न गरी भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरू गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । २ वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको ९० लाख लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो । अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ शøयाको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस

अब बागलुङ पनि अक्सिजनमा आत्मनिर्भर

भदौ १४, बागलुङ । धौलागिरि अस्पताल परिसरमै अक्सिजन प्लान्ट निर्माण गरिने भएकोे छ । बागलुङ जिल्लास्थित उक्त अस्पतालमा असार अगावै प्लान्ट निर्माण गर्ने भनिए पनि समयमै बजेट नआउँदा दुई महीना ढिला भएको अस्पतालले जानकारी दिएको छ । अस्पतालको स्तरवृद्धि गरी २०० श्याको प्रदेशस्तरीय उपप्रादेशिक अस्पताल बनाउन लागिएकाले यसलाई पुग्नेगरी र  जिल्लाका अन्य  अस्पताल तथा स्वास्थ्यचौकीमा पठाउन सकिने गरी प्लान्ट निर्माण गर्न लागिएकोे हो । अस्पतालमा अहिले सिलिण्डरमा भर्न नमिल्ने २५ शय्यालाई मात्र पुग्ने प्लान्ट सञ्चालनमा छ । कोरोनाको दोस्रो लहरका बेला अस्पतालमा एकै पटक ४७ सख्त बिरामी भर्ना भएकाले अक्सिजनको अभाव भएर पोखराबाट दैनिक १२० सिलिण्डर अक्सिजन ल्याउनु परेको थियो ।  अक्सिजनमा जिल्लालाई आत्मनिर्भर गराउन सरकारले जिल्लाका सबै स्वास्थ्य संस्थामा पुग्नेगरी यहाँ अक्सिजन प्लान्ट स्थापना गर्ने निर्णय गरेको र त्यसका लागि रू. तीन करोड बजेट विनियोजन गरेको थियो । प्लान्टका लागि बोलपत्र आह्वान गर्दा रू. दुई करोड ४० लाखमा उपलब्ध गराउने एक कम्नीसँग सम्झौता भइसकेको अस्पतालका लेखा अधिकृत झलक शर्माले बताए ।  चीनबाट आयात गर्नेगरी मेडिटेक प्रालिले अक्सिजन प्लान्ट ल्याउने भएकाले अहिले रू. २३ लाखको लागतमा पूर्वाधार निर्माणको काम जारी रहेको उनको भनाइ थियो ।  भदौ मसान्तभित्रै काम सम्पन्न गरी  भुक्तानी माग गर्न संघीय सरकारबाट पत्र आएकाले निर्माण शुरु गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केबी राना मगरले जानकारी दिए । दुई वर्षअघि प्रादेशिक सामाजिक विकास मन्त्रालयले उपलब्ध गराएको रू. ९० लाखको लागतमा प्लान्ट सञ्चालनमा ल्याइएको थियो  ।  अस्पतालमा अहिले तीन सघन उपचार कक्ष, दुई भेन्टिलेटरसहित ३५ शय्याको आइसोलेशन भए पनि पूर्वाधार र जनशक्तिको अभाव छ । अहिले मौजुदा जनशक्तिसमेत घटेकाले सघन उपचार कक्षको सेवासमेत बन्द भएको छ । रासस

यी ७ जना डाक्टर दशौं तहमा स्तरवृद्धि

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका सात जना डाक्टरलाई दशौं तहमा स्तरवृद्धि गरेको छ। मन्त्रालयले योग्यता पुगेका ७ जनालाई स्तरवृद्धि गरेको जनाएको छ।

स्वास्थ्य मन्त्रालयले गर्‍यो यी ३६ जनालाई १०औं तहमा बढुवा

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ३६ जना कर्मचारीलाई १०औं तहमा स्तरवृद्धि/बढुवा गरेको छ। मन्त्रालयले आइतबार उनहरुलाई  औं तहबाट १० औं तहमा बढुवा गरेको हो। यी हुन् बढुवा...