वीरगञ्जमा नदीको अवैध उत्खनन, २१ ओटा ट्रयाक्टर प्रहरीको नियन्त्रणमा

माघ १५, वीरगञ्ज  । वीरगञ्जमा नदीको अवैध उत्खनन गरी विक्री गर्न लगिएको बालुवासहित २१ ओटा ट्रयाक्टर प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार वीरगञ्ज महानगरपालिका- १६ स्थित नगवाबाट प्रहरीले ती ट्रयाक्टर नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।  प्रहरीका अनुसार ती ट्रयाक्टरले वीरगञ्ज-  ३२ स्थित भेडाहा खोलाबाट अवैधरूपमा बालुवा उत्खनन गरिएको बालुवा बोकेर आएका थिए ।  चालकसहित नियन्त्रणमा लिइएका ट्रयाक्टरलाई आवश्यक कारवाहीको लागि शुक्रवार नै वीरगञ्ज महानगरपालिकाको कार्यालयमा पठाइएको प्रहरीले बताएको छ । 

सम्बन्धित सामग्री

रातु नदीमा अवैध उत्खनन भएको भन्दै सर्वोच्चमा रिट

महोत्तरी– रातु नदी उत्खननको विषयलाई लिएर राजनीति दलहरूले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका छन् । पर्यावरणलाई नै असर पार्ने गरी मापदण्डविपरीत बर्दिवासस्थित रातु खोलाको विभिन्न खण्डमा अवैध उत्खनन भएको भन्दै बिहीबार दलहरूले सयुक्त रुपमा मुद्दा दर्ता गरेका हुन् । वातावरणमा प्रतिकुल असर पर्नेगरी आईई रिपोर्ट बनाएको, मापदण्डविपरीत नदीजन्य पदार्थ उत्खनन गरेको, स्थानीय सरकारले नै अवैध […]

नवलपरासीका खोलाहरूमा अवैध उत्खनन बढ्यो, नियमनकारी निकाय मुखदर्शक

पश्चिम नवलपरासीका खोलाहरूबाट अवैध चोरी निकासी बढेको छ । जिल्लाका खोलाहरूमा वैधानिक रुपमा ठेक्का लाग्न अझै बाँकी रहे पनि स्थानीय गिट्टी बालुवा तस्करहरू दिनरात अवैध उत्खनन गरि नदी जन्य पदार्थको चोरी निकासी गरेको पाइएको छ । तस्करहरु दिनदहाडै नदीहरुमा टैक्टरट्राली हाली अवैध रुपमा नदीजन्य पदार्थहरु ओसारपसार गरि बिक्री वितरण गरिरहेका छन् । जिल्लाको नारायणी (गण्डक) नदी, खजुरा खोला, रायपुरा खोला, तुरिया खोला, भलुही खेला, झरही खोलाहरुमा स्थानीय खोला तस्करहरुले अवैध उत्खनन गरि ढुंगा, गिट्टीबालुवा, मि

भारत : अवैध उत्खनन रोक्न पुगेका डीएसपीको टिपरले किचेर हत्या

भारतको हरियाणास्थित पचगांवमा प्रहरीका एकजना डीएसपीको हत्या भएको छ । बीबीसी हिन्दीका अनुसार सुरेन्द्र सिंह बिश्नोईको टिपरले किचेर हत्या गरिएको हो । यस मामिलामा प्रहरीले एकजनालाई पक्राउसमेत गरेको छ ।सिंहलाई पचगांव नजिक रहेको अरावली पहाडमा अवैध उत्खनन भइरहेको सूचना प्राप्त भएको थियो । सोही सूचनाको आधारमा मंगलबार दिउँसो १२ बजे एक ड्राइभर र प्रहरीलाई लिएर छापा मार्न पुगेका थिए । त्यहाँ पुगेर उनले एउटा सन्दिग्ध टिपरलाई रोकेर आवश्यक कागजपत्र माग गरेका थिए । तर, टिपरका चालकले गाडी उनीमाथि चढाएका थिए । उ

महोत्तरीका नदीमा अवैध उत्खनन गर्ने टिपर, जेसीबी र चालक नियन्त्रण

काठमाडौँ- महोत्तरीस्थित बर्दिबासको इलाका प्रहरी कार्यालयले जिल्लाको रातु नदी र तटिय क्षेत्रमा अवैध उत्खनन गर्ने जेसीबी तथा टिपरहरु धमाधम नियन्त्रणमा लिन थालेको छ । प्रहरी र व्यवसायीहरुको मिलोमतोमा अवैध उत्तखनन बढिरहेको आरोप लागिरहेको बेला प्रहरी नायव उपरीक्षक रवि रावलको नेतृत्वमा अवैध उत्खनन गर्नेमाथि कारवाही थालिएको हो । आजमात्र बर्दिबास- ७ वाट ना १ क ८३५२ […]

नदीजन्य पदार्थको अवैध उत्खनन र ओसार–पसार रोक्न सरोकारवाला सहमत

जिल्लामा नदीजन्य पदार्थको दिर्घकालीन रुपले व्यवस्थापन गर्नका लागि अवैध उत्खनन र ओसार–पसार रोक्न जिल्लास्थित सरोकारवाला निकाय सहमत भएका छन्। जिल्ला समन्वय समिति बाँकेले सोमबार गरेको छलफलमा उपस्थित सरोकारवालाले यसका लागि प्रचलित नियम, कानुन अनुसार थप नियमन ...

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

राँझा । बाँकेको राप्तीसोनारी गाउँपालिकाको गाउँगाउँमा नदीजन्य पदार्थको अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको छ । गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले वडा नं २, ४, ५, ६, ८ र ९ का विभिन्न क्रसर उद्योग तथा नदीजन्य पदार्थ राखिएको घाटगद्दी स्थलको अनुगमन गरेका थिए । अनुगमनका क्रममा अधिकांश स्थानमा नदीजन्य पदार्थको अवैध रुपले उत्खनन र घाटगद्दी गरेको […]

वन क्षेत्रमा अवैध उत्खनन गरेको आरोपमा ट्याक्टरसहित एकजना नियन्त्रणमा

कपिलवस्तु नगरपालिका–६ रुधौला खाटस्थित वन क्षेत्रमा अवैध उत्खनन गरेको आरोपमा ट्याक्टरसहित एकजना पक्राउ परेका छन्।...

बाँकेमा नदीजन्य सामग्री अवैध उत्खनन

बाँकेमा नदीजन्य सामग्री अवैध रुपले उत्खनन गरिएको छ। जिल्लाको राप्ती सोनारी गाउँपालिका अन्तर्गत पर्ने विभिन्न स्थानमा अवैध उत्खनन गरी घाटगद्दी गरेको पाइएको हो।...

निजी जग्गा भन्दै चुरे क्षेत्रमा अवैध उत्खनन

चुरेसँग जोडिएका झापाका विभिन्न क्षेत्रमा व्यक्तिगत जमिन खेतीयोग्य बनाउन सम्याउने नाममा धमाधम अवैध उत्खनन भइरहेको छ । चुरेको पहिरो पसेका वा बगर बनेका जमिन किनी तिनलाई खेतीयोग्य बनाउने नाममा चुरे क्षेत्रसम्मै...

अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटर प्रहरी नियन्त्रणमा

महिनौँदेखि दिन र रात अवैध उत्खनन गरिरहेका आठ एक्जाभेटरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।