बझाङमा प्रतिनिधिसभा सदस्य उम्मेदवार भानुभक्त जोशीले मतान्तर घटाउँदै लगेका छन् । उनले नेकपा एमालेका उम्मेदवार ऐनबहादुर महरलाई पच्छ्याउँदै गएका छन् । उनले आफ्नो मतान्तर घटाउँदै लगेका हुन् । महरले १५ हजार ५५१ मत पाएका छन् । भने नेकपा एकीकृत समाजवादीका जोशीले १५ हजार ३३ मत पाएका छन् । दुवै जनाबीच ५१८ मतको भिन्नता छ । बझाङको बुङल नगरपालिका र जयपृथ्वी नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगिसकेको छ । त्यस्तै केदारस्यु, दुर्गाथली, थलारा लगायतका क्षेत्रको मत गणना गर्न बाँकी छ । जोशीले मतान्तर घटा