राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीभित्र कोही पनि असन्तुष्ट नरहेको दाबी गरेका छन् ।
आइतवार पार्टीको केन्द्रीय कार्यालयमा आफूले पार्टीको विधान बमोजिम मनोनयन गरेका पदाधिकारीहरूलाई स्वागत गरेपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले पार्टीभित्र कुनै सदस्य पनि असन्तुष्ट नरहेको बताएका हुन् ।
निवर्तमान अध्यक्ष कमल थापाले उठाएको विषयमा छलफल भइरहेको भन्दै उनको भनाइ छ । ‘त्यो विषय पनि हामी निकट भविष्यमै टुंगोमा पुर्याउँछौ र राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ता र शुभेच्छुकहरुलाई हा...