वैशाख १९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडले आयोजना प्रभावित स्थानीयमा जारी गरेको प्राथमिक शेयर (आईपीओ) बाँडाफाँट गरेको छ । आयोजना प्रभावित संखुवासभा जिल्लाका स्थानीयलाई सोमवार विक्री प्रवन्धक प्रभु क्यापिटलमा आईपीओ बाँडफाँँट गरिएको हो । आवेदन दिनेमध्ये ७ हजार ५८५ जनामा १३ लाख ८१ हजार ४ सय ६० कित्ता आईपीओ बाँडफाँट गरिएको विक्री प्रवन्धक प्रभु क्यापिटलले जानकारी दिएको छ ।
१८ जना आवेदकले ४४० कित्ता शेयर माग गरेकामा विभिन्न कारणले गर्दा आवेदन रद्ध गरिएको पनि क्यापिटलले जानकारी दिएको छ । बाँडफाँट भएको शेयरमध्ये १० कित्ता माग गर्ने २२७ जना आवेदक थिए भने २० कित्ता माग गर्ने २७८ जना, ३० कित्ता माग गर्ने १५७ जना, ४० कित्ता माग गर्ने १२७ जना, ५० कित्ता माग गर्ने १ हजार ६९४ जना, ६० कित्ता माग गर्ने ७८ जना, ७० कित्ता माग गर्ने ६९ जना, ८० कित्ता माग गर्ने ४५ जना, ९० कित्ता माग गर्ने ३१ जना र १०० कित्ता माग गर्ने २ हजार ४९२ जना आवेदक थिए ।
त्यसैगरी ११० कित्ता माग गर्ने २० जना, १२० कित्ता माग गर्ने २५ जना र १३० कित्ता माग गर्ने १२ जना आवेदक थिए । माग बमोजिम १३० कित्ता तथा १३० कित्ताभन्दा बढी माग गर्ने २ हजार ३३० जनालाई समेत १३० कित्ता न्यूनतम बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।
यसैगरी १३० कित्ताभन्दा बढि आवेदन दिने २ हजार ३३० जना आवेदकमध्ये चिठ्ठा प्रणालीबाट २ हजार २९२ जनालाई १० कित्ता थप गरेर १४० कित्ता शेयर बाँडफाँट गरिएको छ ।
२०७८ चैत्र २७ गतेदेखि २०७९ वैशाख ११ गतेसम्म संखुवासभा जिल्लाका स्थानीयलाई कम्पनीले ७ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।