रिभर फल्स पावरको आईपीओ बाँडफाँट, २ लाख ५३ हजार जनाले पाए १० कित्ताका दरले शेयर

जेठ ९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको हो ।  यस आईपीओमा २ लाख ५३ हजार ८९० जना आवेदकले गोलाप्रथाद्वारा १० कित्ताका दरले शेयर पाएका छन् । आईपीओमा कुल १८ लाख ५ हजार ४४० जना योग्य आवेदक थिए भने ३ हजार ८१९ जना आवेदकले आवेदन रद्द भएको क्यापिटले जानकारी दिएको छ । आवेदकले विक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मरो शेयरबाट आईपीओ नतिजा हेर्न सक्नेछन् ।  कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरी सकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो ।  हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात यो पूँजी ७० करोड रुपैयाँ पुगेको छ ।

सम्बन्धित सामग्री

रिभर फल्स पावरको आईपीओ आज ४ बजे बाँडफाँट हुँदै

जेठ ९, काठमाडौं । रिभर फल्स पावर लिमिटेडको आईपीओ सोमवार चार बजे बाँडफाँट हुने भएको छ । कम्पनीको विक्री प्रबन्धकको कार्यालय प्रभु क्यापिटलमा सोमवार साँझ ४ बजे आईपीओ बाँडफाँट हुन लागेको हो । कम्पनीको आईपीओ गत शुक्रवार प्रि-  अलटमेण्ट गरिएको थियो । कम्पनीले वैशाख २८ गतेदेखि जेठ ४ गतेसम्म आईपीओ निष्कासन गरेको थियो । कम्पनीको आईपीओमा  १८ लाख ३८ हजार ४३१ जना आवेदकबाट रू. २ अर्ब ११ करोड ३२ लाख ९२ हजार बराबरको आवेदन परेको छ ।   कम्पनीले सर्वसाधारणमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको २७ लाख ३० हजार कित्ता शेयर विक्री खुला गरेको हो । कुल कित्तामध्ये २ प्रतिशत अर्थात् ५४ हजार ६०० कित्ता कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात् १ लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषमा बाँडफाँट गरिसकिएको छ । बाँकी २५ लाख ३८ हजार ९०० कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आएको हो । यस अनुसार २ लाख ५३ हजार ८९० जना आवेदकले १० कित्ताका दरले शेयर पाउनेछन् ।  हाल संस्थापकतर्फ ५१ प्रतिशत बराबरको ३५ करोड ७० लाख रुपैयाँ चुक्तापूँजी कायम रहेको कम्पनीको सर्वसाधारणमा आईपीओ जारी पश्चात् यो पूँजी ७० करोड रुपैयाँ पुग्नेछ ।