नेकपा(एमाले)को विवाद समाधान गर्न गठित कार्यदलमा बरिष्ठ नेता माधव नेपाल पक्षका सांसदहरुको भूमिका माथि प्रश्न उठेको छ । शुक्रबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बसेको कार्यदलको बैठकमा राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको उम्मेदवारलाई मतदान नगरेको तथा प्रधानमन्त्रीमा काँग्रेस सभापति शेरबहादुर देउवालाई समर्थन गरेको भन्दै भूमिकामाथि प्रश्न उठेको हो ।बैठकमा नेता नेपाल पक्षका कार्यदलमा सहभागी नेताहरुले पुनः संसद विघटनको आशंका व्यक्त गरेका थिए । कार्यदल सदस्य प्रदीप कुमार ज्ञवालीले संसद विघटन नहुने आश्व