काठमाण्डाै - स्थानीय तहको चुनाव नजिकिएसँगै राजनीतिक दलहरुले मधेस प्रदेश केन्द्रित कार्यक्रम गर्न थालेका छन् । मधेस प्रदेशका जिल्लामा राजनीतिक दलहरूले चुनाव केन्द्रित गतिविधिलाई तीव्रता दिन थालेका हुन् ।
धेरैजसो स्थानीय तहको चुनावी परिणाम आफ्नो पक्षमा पार्ने उद्देश्यका साथ नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीलगायत दलका नेता कार्यकर्ता यतिबेला चुनाव केन्द्रित कार्यक्रम लिएर गाउँ–गाउँ पुगेका छन् । मुख्य राजनीतिक दलक...